Posts

Showing posts from December, 2022
डाटा लोड हुँदैछ...

मधेस विश्वविद्यालयकाे शाखा कट्टी मठकाे जग्गामा राख्न युवाहरुकाे माग

Image
मधेसखबर वीरगन्ज ,१६पुस : पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नंबर२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्नु पर्ने माग त्यहाका युवाहरुले गरेका छन् । सञ्चारकर्मी बिन्दूभुषण साहको अगुवाइमा भएको युवाहरुकाे भेलाले कट्टी मठकै जग्गामा मधेस विश्वविद्यालयको एउटा शाखा राख्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेकाे हाे । मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्रीराम जानकी मन्दिरको नाममा रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका हुन् । पकहामैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता , प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेटेर ध्यानाकर्षण गराउने युवाहरुले बताएका छन् । The post मधेस विश्वविद्यालयकाे शाखा कट्टी मठकाे जग्गामा राख्न युवाहरुकाे माग appeared first on Madhes Khabar .

जरायो शिकार प्रकरण : दुई प्रदेश सभा सदस्य र पूर्व गापा अध्यक्षको संलग्नताको आशंका

बीरगन्ज, १६ पुष -गत पुष ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा अनुमति बिना प्रवेश गरी जरायोको शिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पूर्व गापा अध्यक्षको संलग्नताको आशंका गरिएको छ । बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालमाथि निकुञ्जले आशंका गरेको छ । निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा निजहरुलाई अनुसन्धानका लागि बोलाइएको जानकारी दिए । ४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए । पछ्याउँदै गएको सेनाको टोलीले फार्महाउसमा छापा मारेर शिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन शिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुईवटा गाडी, शिकार खेल्न प्रयोग हुने सामाग्री, शिकार गरी ...

जसपा नेपालको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं,१६ पुस जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए । जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । जसपाले संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । आजको बैठकमा सरकारमा सहभागी हुने नहुने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ The post जसपा नेपालको कार्यकारिणी समितिको बैठक सुरु appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक ः मन्त्री साह

Image
कलैया, १५ पुस/ बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताउनुभएको छ । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मुलुकको शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य हुनुपर्ने बताउनुभयो । जिल्लाकै जेठो क्याम्पस रामराजाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्दा यहाँका विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको उहाँको बुझाइ छ । शिक्षक तथा प्राध्यापकहरूले पठनपाठनमा भन्दा राजनीतिमा बढी समय दिँदा प्रभावकारी र गुणस्तरीय शिक्षा प्राप्त हुन नसकेको उहाँको आरोप छ । कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले गुणस्तरीय शिक्षाका लागि आफू क्याम्पसलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा एमालेका सचिव अध्याननद पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिय...

विदेशबाट ल्याउने मोबाइल जफत नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,१५ पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्केका नेपालीले ल्याउने माेबाइल, ल्यापटप र पेनड्राइभमा गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न र पुरानै प्रक्रियामा चल्न दिन अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् । प्रचण्डले पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।यसअघि सरकारले विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशत कर लिने र त्यसभन्दा बढी मोबाइल, ल्यापटप लगायतका सामग्री ल्याए जफत गरिने बताएको थियो । सरकारको उक्त निर्णयको ‘नो रेमिट्यान्स’ भन्दै सर्वत्र विरोध भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले त सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन पनि रोक्न भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् । The post विदेशबाट ल्याउने मोबाइल जफत नगर्न प्रधानमन्त्रीको निर्देशन appeared first on Nepal Post Daily . credit: Nepal...

नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी

Image
काठमाडौँ, १४ पुस  राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।  पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो । जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् । त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, ...

गाँजा मुद्दामा फरार रहेका चौधरी पक्राउ

Image
वीरगंज, १४ पुस । गाँजा मुद्दामा सजाय र जरिवाना तोकेपछि फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा सखुवापरसौनी गापा–२ निवासी बृजलाल चौधरी रहेको इप्रका पटेर्वासुगौलीले जनाएको छ । २०५८ सालमा गांजा मुद्दामा चोधरीलाई दुई वर्ष ११ महीना कैद र १५ हजार जरिवाना पर्सा जिल्ला अदालतले तोकेको थियो । उनलाई आज बिहान खेतबाट पक्राउ गरिएको इप्रका पटेर्वासुगौलीका प्रनि किशोर आचार्यले जनाएका छन् । 

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं,१४ पुस । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । त्यसका लागि उनले आफ्नो समूहका नेताहरुबीच छलफल गर्दै आएका छन् । त्यसको निचोड सार्वजनिक गर्न उनले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा आज दिउँसो ३ बजे आयोजना गरिएको छ । नेता साहले अनलाइनखबरसँग भने, ‘पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौं । आज त्यसको निचोड सार्वजनिक गर्छौं ।’ यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए । नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरुसँग एकताका लागि सम्वाद गर्ने बताए । तत्कालीन नेकपा -माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बना...

पर्सा र बाराका किसानलाई धान बिक्री गर्न सास्ती

बीरगन्ज,१३ पुस । सरकारले ढिलो गरी धान खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहज रूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारी मार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानबाट धान खरिद गर्न सुरू गरेपनि किसानले समस्या झेल्दै आएका छन् । एक हप्ता अघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत धान खरिद गर्न थालेको हो । परियोजना कार्यालयले तोकेको क्षेत्रभन्दा बाहिरका किसानले धान बिक्री गर्न पाएका छैनन् । अहिले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको गोदाम परिसरमा धानसहितका ट्याक्टरको लाइन लागेको छ । सरकारले सोना मन्सुली धानको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय २८ र जिरा मसिनो धानको तीन हजार दुई सय ५० रूपैयाँमा तोकेको छ । २५ क्विन्टलसम्म धान बिक्री गर्नका लागि स्थानीय तहको कृषि शाखाको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जालगायत कागजात पेस गर्नुपर्ने नियम रहेको छ । पर्सामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली धान १० हजार मेट्रिक टन र जिरा मसिनो धान दुई...

उपसभामुखमा रास्वपाले ग–र्यो दावी

काठमाडौं,१३ पुस – नव नियुक्त प्रधानमन्त्री प्रचण्डको सरकारमा हाईप्रोफाई मन्त्री आफ्नो कोल्टामा पार्न सफल भएका राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा पनि दावी गरेको छ । प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ । रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए । रास्वपा स्रोतका अनुसार उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुनेछिन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपाका नेताहरुको भनाई छ । एमाले र माओवादी शीर्ष नेताहरुबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । त्यसअनुस...

हिजोको तुलनामा आज झन् जाडो

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहान ५ः४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको थियो । मौसमविद प्रधानाङ्गले भने, ‘तापक्रम घट्दो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्नेछ ।’ पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने मौसमविद प्रधानाङ्ग बताउँछन् । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । तर त्यसले खासै प्रभाव नपर्ने मौसमविद बताउँछन् । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराई...

प्रचण्ड प्रधानमन्त्री बनेको खुशीयालीमा छिपहरमाई गापामा खुशीयाली मनाइयो

Image
पर्सा, ११ पुस । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नुभएकोमा नेकपा माओवादीले पर्साको छिपहरमाई गाउँपालिकामा खुशीयाली मनाएको छ । सोमवार छिपहरमाई गापाको सदरमुकाम भिस्वा चोकमा नेकपा माओवादी केन्द्रका युवा नेता शाहरूख मन्सुरीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा नेता मन्सुरीले मैनबत्ती बालेर, पटाका पडकाई प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको सपथ लिनु भएको र नेकपा माओवादी केन्द्रको सरकार बनेको खुशीमा युवा नेता मन्सुरीले अबिरबाट  र मैनबत्तीबाट गोलो आकारभित्र हँसिया हथौडा बनाई कार्यक्रमको उदघाटन गरेका थिए । नेता मन्सुरीले मन्तव्यको क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन गठबन्धन सरकारले सहयोग गरेकोमा धन्यवाद दिंदै नेपालको संविधान बचाउन र संविधानको रक्षा तथा देशलाई विकासतर्पm लैजानुपर्नेमा जोड दिए । देशको नयाँ मुहार फेर्न र मधेशी दलित मुस्लिम आदिवासीको हक अधिकारका लागि सरकारले   तदारुकताका साथ कार्य गर्नुपर्ने बताए । उनले युवाहरूको रोजगारको लागि नेकपा माओवादी अध्यक्ष पुष्पकमल...

पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ

Image
मधेसखबर वीरगन्ज ,११ पुस : पर्सामा लागु ओैषध गाजा सहित एक भारतीय युवक पक्राउ परेका छन् । पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर ४ भलुवाही खाेलाकाे बाँध नजिकैबाट भारत बिहारकाे पुर्वी चम्पारण घर भएका २६ वर्षिय सानू पासवान चार किलाे गाजा सहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीका प्रहरी निरिक्षक किशाेर आचार्य नेतृत्वको टाेलीले बी आर ०५ एन ७१०३ नम्बरको माेटरसाइकलमा सव पासवानलाई राेकेर चेकजाँज गर्दा ४ किलाे गाजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । The post पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ appeared first on Madhes Khabar .

नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल

काठमाडौं,११ पुस । नयाँ सरकार गठनसँगै सेयर बजार उल्लेख बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै सेयर बजार सकारात्मक हुन पुगेको छ। साताको सुरुवाती कारोबारका दिन सोमबार सेयर बजार परिसूचक ५७ अकंले उकालो लागेको छ । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार क्रिसमसका कारण सेयर बजार बन्द रह्यो । सोमबार, नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ अंक विन्दुमा कायम रहेको छ । आज ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै आज २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ। नेप्से उल्लेख्य बढ्दा आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै गोखार्ज फाइनान्सको सेयर बढेकोे छ । कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्त, रिलायन्स फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।​ त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८८ लाख...

आफ्नै बचनमा टिक्न सकिएन : प्रचण्ड

काठमाडौं,११ पुस । नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै बचनमा टिक्न नसकेको बताएका छन् । उनले आज पार्टीको पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका हुन्। उनले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टिकाउन अन्तिमसम्म प्रयास गर्दा पनि सम्भव नभएको बताए । बैठकमा उनले कांग्रेस नेतृत्वको गठबन्धन बचाउन अन्तिमसम्म कोसिस गरेको, तर आफ्नै बचनमा टिक्न नसकेको बताए । कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आइतबार एमालेसहितका दलसँग नयाँ गठबन्धन बनाएको प्रचण्ड प्रधानमन्त्री बनेका छन्। सोमबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। आइतबार बालुवाटारमा भएको वार्ताबारे जानकारी दिँदै उनले भने, ‘जसरी पनि ५ बजाउने र ठूलो दलको रुपमा सरकार बनाउन खोजेपछि अर्को गठबन्धनतिर जानु पर्‍यो ।’ The post आफ्नै बचनमा टिक्न सकिएन : प्रचण्ड appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

सरकार गठनका लागि समय नथपे फेरि देउवा नै प्रधानमन्त्री

काठमाडौं,१० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक साताको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहे पनि सहमति जुटाउन सकेका छैनन् । दलहरूले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका प्रक्रिया थाल्नुपर्ने कानुन व्यवसायीहरू बताउँछन् । ‘आज बेलुका ५ बजेसम्म धारा ७६ (२) अनुसार सरकार गठन नभए राष्ट्रपति भण्डारीले ७६ (३) अनुसार सरकार गठनको प्रक्रिया थाल्नुपर्छ,’ संवैधानिक कानुनविद् डा विपीन अधिकारी बताउँछन् । अधिकारीको तर्कसँग वरिष्ठ अधिवक्ताद्वय चन्द्रकान्त ज...

गठबन्धन टुट्यो, अब हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

काठमाडौं,१० पुस । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन सकिएको बताएका हुन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भने, ‘ गठबन्धन टुट्यो हाम्रो हातमा केही रहेन ।’ देउवासँगको छलफल जारी रहेकै अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । उनले प्रचण्डले गठबन्धन विसर्जन गरेर गएको बताए । ‘उहाले गठबन्धन बालुवाटारमा विसर्जन गरेर जानुभयो’, पौडेलले भने । The post गठबन्धन टुट्यो, अब हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

Gmail style login page design using HTML and CSS.

gmail campos html

Contact Us Contact Us! Name Email Phone How can we help you? send Thanks for contacting us! *******

HTML

Show Email Fields Show an email field (allows only one email address): Enter your email:

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात

काठमाडौं,९ पुस – काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सबै विकेट गुमाउँदै एक सय ३६ रनमा सीमित बनेको थियो । ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराकोलागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए । आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए । यसअघि टस जितेर निर्धारित १९ ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पार्‍यो । निर्धारित समयमा खेल सुरु नभएपछि एक ओभर खेल छोट्याइएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक अविजित ८५ रन बनाए । ४२ बलको सामना गरेका ओमार्जाइले ४२ बलम...

वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित)

Image
मधेसखबर वीरगन्ज ,०८ पुस: वीरगन्ज महानगरपालिकाले छात्रवृतिको नतिजा सार्वजनिक गरेको छ ।कक्षा ९ र कक्षा ११ को छात्रवृत्तीको लागि लिइएको परीक्षाको योग्यताक्रम अनुसार बिहीबार नतिजा प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ । वीरगन्ज महानगरपालिकामा रहेका संस्थागत माद्यामिक विद्यालयमा कक्षा ९ र ११ मा पूर्ण निःशूल्क छात्रवृतिमा अध्ययन गर्नका लागि आवेदन फारम भरेर दिएको परीक्षाको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । प्रकाशन गरिएको नतिजाकाे नामावलीमा सामुदायिक र संस्थागतमा जेहेन्दार, विपन्न, जनजाती, दलित, अपाङ्ग, पुरुष तथा महिलाहरुलाई समेटिएको छ । The post वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित) appeared first on Madhes Khabar .

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,०८ पुस । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । २०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो । सजाय भने निर्धारण हुन बाँकी छ। The post नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

Image
मधेसखबर वीरगन्ज ,०७ पुस: उच्च अदालत अस्थायी इजलाश वीरगन्जले संस्थागत (निजी) विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न उत्प्रेषण आदेश जारी गरेकाे छ । दुई हप्ता पहिले वीरगन्ज महानगरपालिकाले गरेको महानगरका निजी विधालयकाे स्तर वर्गीकरण तथा शुल्क निर्धारण विरुद्ध एन प्याब्सनका तर्फबाट परेको रिट निवेदनको सुनुवाई गर्दै उच्च अदालत अस्थायी इजलास वीरगन्जले महानगरपालिकाको नाममा उत्प्रेषणको आदेश जारी गरेको हो । महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुको स्तर वर्गीकरण तथा शुल्क निर्धारण गरेको निर्णय विरुद्ध एनप्याब्सन पर्साले दिएको रिट निवेदनको सुनुवाई गर्दै उच्च अस्थायी इजलाश वीरगन्जले महानगरपालिकाको नाममा उत्प्रषणको परमादेश जारी गरेको हो । न्यायधीश सुदर्शन भट्टको एकल इजलाशले विद्यालय वर्गीकरण र शुल्क निर्धारण शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र वीरगन्ज महानगरपालिकाको शिक्षा ऐनले विद्यालयको स्तर वर्गीकरणमा तोकेको समयावधि भन्दा बाहिर गएर विद्यालयको स्तर वर्गीकरण र शुल्क निर्धारण भएको देखिएकोले वीरगन्ज महानगरपालिकाको विद्यालयको स्तरीकरण शुल्क निर्धारण समितिले मंसिर १९ र २० गते भएको ...

वीरगञ्ज महानगरले ३० युनिटसम्म खपत गर्ने जनताको विद्युत महसुल पुसदेखि आफैं तिरिदिने

Image
मधेसखबर पुष ७ गते ,वीरगञ्ज : नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत महसुल र इनर्जी शुल्क निशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ । वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ । बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत महसुल निःशुल्क हुने भएको हो ।अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनकाबीच नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धता बमोजिम नगरवासीको विद्युत महसुल निशुल्क गर्ने सम्झौता गरेको बताए । महानगरको मेयरमा सपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत महशुल निशुल्क गर्ने निर्णय गर्नुका साथै नगरपरिषद्बाट समेत निर्णय पारित गराएका थिए । ‘हामीले सपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ उनले ...

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक : सिके राउत

काठमाडौं,०७ पुस । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सिके) राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने बताए । उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए । अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरू प्राथमिकतामा राख्ने बताए । उनले मधेस प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा लाग्ने बताए । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिबद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए । अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद् र सरकारमा गएर जनताका माग र मुद्दाहरू सम्बोधन गर्ने बताए । The post मधेस...

माओवादी संसदीय दलमा प्रचण्डलाई चुनौती दिने कोही छन् कि छैनन् ?

काठमाडौं,०७ पुस । नेकपा माओवादी केन्द्रले बेलुका ४ बजे सिंहदरबार स्थिति आफ्नै पार्टीको संसदीय दलको कार्यालयमा दलको नेता चयन गर्दै छ । सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले दलको नेता, उपनेता र प्रमुख सचेतक लगायत चयन गर्ने तयारी गरेको हो । माओवादी संसदीय दलको नेतामा प्रचण्ड चयन हुनेमा निश्चित जस्तै छ । पार्टीका अरू सिनियर नेताहरूले दाबी नगरेकाले प्रचण्ड नै हुने सम्भावना छ । २०६२/०६३ साल माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दलको नेतामा प्रचण्ड हुँदै आएका छन् । उनलाई चुनौती दिने गरी दलको नेता र पार्टी अध्यक्षमा कसैले दाबी गरेका छैनन् । बरु प्रचण्डसँग पार्टीभित्र अन्तर संघर्ष गर्नेहरू पार्टी नै छोडेर अर्को पार्टी गठन गरेका दृष्टान्त छन् । प्रचण्ड विगत १५ वर्षदेखि लगातार दलको नेता हुँदै आएका छन् । कांग्रेसमा भने दलको नेतामा नेताहरूले प्रतिस्पर्धा गर्दै आएका छन् । गत बुधबार भएको कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग गगनकुमार थापाले प्रतिस्पर्धा गरे । थापा देउवा भन्दा उमेरले ३२ वर्ष कान्छा भए पनि दलको नेतामा प्रतिस्पर्धा गरेर पराजित भएका छन् । कांग्रेसभित्र दलको नेता प्रतिस्पर्धा नगर...

आज बिहानैदेखि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो

Image
वीरगंज, ७ पुस/ आज बिहानदेखि तराईका विभिन्न भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ । धेरै स्थानमा लागेको कुहिरो तथा हुस्सु मध्यान्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचर विमानस्थलले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको मौसमविद् प्रतिभा माननधरले बताउनुभयो । उहाँका अनुसार पश्चिम तराईका जिल्ला कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम यसैगरी मध्य तराईका जिल्लामा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्व तराईका जिल्ला सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापामा बिहानैदेखिको हुस्सुका कारण हिँडडुल गर्न नै समस्या भएको छ । अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण प्रभावित भएको छ । उडान अवतरण बन्द हुँदा हवाईयात्रा गर्ने यात्रीलाई असहज भएको विमानस्थलका प्र...

धोती कुर्ता लगाएर मातृभाषा भोजपुरीमा शपथ लिँदै सांसद् यादव

वीरगञ्ज, ७ पुष । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले भोजपुरी भाषामा शपथ लिने भएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचन, २०७९ बाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुको लागि आज बिहिबार राखिएको शपथ लिने कार्यक्रममा सांसद् यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ लिने भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादव मातृभाषा भोजपुरीमा शपथ लिने पर्साबाट एकल सांसद् हुने भएका छन् । जिल्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ७ जना सांसद् रहे पनि अन्यले नेपाली भाषामै शपथ लिन लागेको बुझिएको छ । आफ्नो भाषा र संस्कृतीको संरक्षण र प्रवर्द्धनका लागि भोजपुरी भाषामा शपथ लिनुका साथै संसद् भवन प्रवेश गर्ने पहिलो दिन यादवले मधेशको मौलिक पहिरन धोती कुर्ता र पगडी लगाउने पनि जनाएका छन् । ‘संसद् भवन प्रवेश गर्ने आज पहिलो दिन हो । आफ्नो मधेश र मधेशी समुदायको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर संसद् भवन प्रवेश गर्छु,’ यादवले भने, ‘आफ्नो मौलिकता झल्काउने पहिरन लगाएर संसद् भवनमा प्रवेश गर्दै आफ्नो मातृभाषामा शपथ लिनु मेरो लागि धेरै ठूलो कुरा हो । यसले यसको संरक्षण र ...

पोखरियामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम

पोखरिया, ६ पुष-पर्साको पोखिरया नगरपालिकामा बुधबार पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशको आयोजनामा भएको सो अभिमुखिकरण कार्यक्रममा स्थानीय पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान लगायतका नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अभिमुखिकरण कार्यक्रममा स्थानीय तहको शिक्षालाई सुदृढ बनाउने उद्देश्यले ११ सदस्यीय समितिको गठन गरिएको छ । सो समूहको अध्यक्षमा नगर प्रमु्ख चौहन रहेका छन् भने सदस्यमा उपमेयर रुबी ठाकुर, सचिवमा विजय कुमार झा, वडा अध्यक्ष नौसाद आलम लगायत समेत समितिका सदस्य रहेका छन् । The post पोखरियामा पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

बीरगन्ज महानगरको गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण छ : प्याब्सन पर्सा

बीरगन्ज, ६ पुष-निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन पर्साले बीरगन्ज महानगरपालिकाले गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण रहेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्याब्सन पर्साले आफ्नो प्रतिनिधित्व नभएको र राय परामर्श समेत नलिई बीरगन्ज महानगरपालिकाले निजी विद्यालयहरुको वर्गीकरण र शुल्क निर्धारण गरेको भन्दै सो मान्य नरहेको जनाएको छ । शिक्षा नियमावली २०५९ र बीरगन्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीमा समेत भएको कानुनी व्यवस्था अनुसार विद्यालय वर्गीकरण र शुल्क निर्धारण समितिमा आफ्नो प्रतिनिधित्व नभएको जिकिर प्याब्सन पर्साको छ । यस्तै, बीरगन्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीको नियम ९७ को क मा संस्थागत विद्यालयहरुले लिने शुल्कका लागि संघीय र प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम शैक्षिक सत्र शुरु हुनु भन्दा तीन महिना अगावै आउने शैक्षिक सत्रको प्रस्तावित शुल्क पेश गर्नुपर्ने व्यवस्था छ । तर बीरगन्ज महानगरपालिकाले शैक्षिक सत्रको बीचमा आएर गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण बिकुल्लै त्रुटिपूर्ण रहेको तथा यसले विद्यालय संचालक र अभिभावक वर्गका बी...

पाँच वर्षमा धेरै महत्वपूर्ण काम भएको मुख्यमन्त्री राउतको दाबी

जनकपुरधाम, ६ पुुस ।  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको दावी गरेका छन् । प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य चलिरहेको समयमा मुख्यमन्त्री राउतले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ५ वर्षे कार्यकालको उपलब्धिहरु गनाएका हुन् । आफ्नो कार्यकाल समाप्त हुन लाग्दा मुख्यमन्त्री राउतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकार विभिन्न चुनौतीका बावजुद प्रदेश र संघियतालाई सुदृढिकरण गर्नका लागि काम गरेको दावी गरे । एक सहिद परिवार एक रोजगारी, दर्जनौँ विधेयक प्रमाणीकरण, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई मुख्यमन्त्री राउतले उपलब्धिको रुपमा गनाएका छन् । मुख्यमन्त्री राउतले प्रदेश सरकारको उपलब्धिहरु सुनाइरहँदा संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भइरहेको जिकिर...

बाबा प्रिन्टिङ उद्योगमा आगलागी

Image
वीरगंज, ६ पुस ।   बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.मा गएराति आगलागी भएको छ । राति पौने १२ बजे पर्सा बिन्दवासिनी गाउँँपालिका वडा नं. २ गर्दाैल स्थित बाबा प्रिन्टिङ एण्ड पैकेजिङ ईन्डष्ट्रिज प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, विपत व्यवस्थापन गुल्म पर्साबाट गएको वारुणयन्त्रले बिहान करीब तीन बजे आगलागी निनयन्त्रणमा लिएको थियो । आगलागीमा फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुन लगायत गरी चौध करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।      

जनप्रतिनिधिले हडपेको सार्वजनिक जग्गा अधिनमा ल्याउन वीरगञ्ज महानगरको नापजाँच

Image
वीरगंज, ४ पुस । वीरगञ्ज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न शुरू गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो । सोमवार वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । जनप्रतिनिधिले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर महानगरले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो । सोमवार महानगरको टोलीले वडा नम्वर १७ का वडासदस्य अमोद यादवले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १९ कोनियाँमा पर्ने सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो । यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए ।  वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्या...

गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड

चितवन,०४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन्। गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गरेका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको बताए। यद्यपि, प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका विषयमा प्याकेजमा सहमति खोजेर गठबन्धन अघि बढ्ने प्रचण्डको भनाइ छ। आफू प्रधानमन्त्री हुनुपर्छ नै भन्ने कुनै अडान नरहेकोसमेत बताएका प्रचण्डले गठबन्धनभित्र छलफल गरेर शक्ति बाँडफाँट गर्दै अघि बढ्ने जानकारी दिए। The post गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर

रौतहट,०४ पुस । चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २ -०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। The post रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर appeared first on Nepal Post Daily . ...

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौं,४ पुस – संसदीय दलको नेता चयन गर्न बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन गरेको छ । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ले जनाएको छ । पार्टीका सह(महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ । The post रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

एसइई परीक्षा फारमको नाममा सामुदायिक विद्यालयमा ब्रम्हलुट

बीरगन्ज, ३ पुष- सामुदायिक विद्यालयहरुले एसइई परीक्षाको नाममा ब्रम्हलुट मच्चाएको खबर प्राप्त भएको छ । एसइई परीक्षाका लागि परीक्षामा फारम भर्न परीक्षा बोर्डले पाँच सय रुपैंया तोके पनि सामुदायिक विद्यालयहरुले फारमको बहानामा ब्रम्हलुट मच्चाएका छन् । पर्साको भिस्वास्थित रहेको मंगल माध्यमिक विद्यालयका विद्यार्थीहरुले परीक्षा फारमका लागि पाँच सय रुपैंया तोकिए पनि विद्यालयले भने आफुहरुसँग आठ सय रुपैंया मागेको गुनासो गरेका छन् । यस वर्ष हुने एसइई परीक्षामा सहभागी हुनका लागि केही दिन अघि मात्र परीक्षा आवेदन फारम खुल्ला गरिएको छ । सूचना बमोजिम हाल सबै विद्यालयहरुले विद्यार्थीहरुलाई धमाधम फारम भराईरहेका छन् । तर मंगल माविमा पाँच सय साटो आठ सय मागेर ब्रम्हलुट मच्चाइएको विद्यार्थीहरुको गुनासो छ । त्यसमा पनि फारमका लागि दिइएको पैसाको कुनै रसिद नदिएको विद्यार्थीहरु बताउँछन् । यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापकसँग बारम्बार गुनासो गर्दा समेत कुनै सुनुवाई नगर्दा विद्यार्थी दुखित तथा आक्रोशित छन् । त्यसैगरी, वडा अध्यक्ष मौजिलाल साह कानुसँग विद्यालयमा भईहरको ब्रम्हलुट सम्बन्धमा जानकारी गराउँदा समेत क...

सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध

बीरगन्ज,३ पुस तनहुँको आँबुखैरेनीस्थित खानिखोलामा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो । सडकमा ठूलो खाल्डो परेको छ । अवरुद्ध पृथ्वीराजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । The post सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

रौतहट,०२ पुस । रौतहटकाे सदरमुकाम गौरमा रहेको एक आधारभूत विद्यालयमा डेस्कबेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन्। श्री आधारभूत विद्यालयमा डेस्कबेन्च छैन। कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थी जाडोमा त्रिपाल ओछ्याएर पढ्न बाध्य छन्। कक्षाकोठामा शिक्षक बस्ने कुर्सीसमेत नहुँदा शिक्षकहरू समेत समस्यामा रहेका छन्। सो विद्यालयमा ५ सय १० जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक गणेश राय यादवले बताए। विगत ८ वर्ष देखि विद्यालयमा अध्यायपन गराउँदै आएकी पुनम कुमारी निधिले आफू कार्यरत समयदेखि नै विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेको बताइन्। विद्यार्थीलाई बस्न डेस्कबेन्च, शिक्षकहरूलाई बस्न कुर्सी, कक्षाकोठाको झ्याल ढोका, शौचालय, स्वच्छ खानेपानी लगायतको समस्या रहेको शिक्षिका निधिले बताइन्। विद्यालयमा भौतिक पूर्वाधारसहित तत्काल डेस्कबेन्च उपलब्ध गराउन नगरपालिकासँग माग गरिएपनि बेवास्ता गरेको वडाध्यक्ष जनार्दन शाहको भनाइ छ। आफ्नो वडाको बजेटमार्फत विद्याल भवन निर्माण गरेपनि डेस्कबेन्च अभावका कारण विद्यार्थीहरू भुइँमै बसेर पढ...

जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

Image
मधेसखबर वीरगन्ज ,०२ मंसिर :वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरले जग्गा वर्गिकरणकाे काम सम्पन्न गरेकाे भन्दै मालपाेत कार्यालयका प्रमुखलाई कित्ताकाट सुरु गरेर जनताका दैनिक समस्या समाधान गर्न आग्रह गरेका छन् । जिल्ला मालपाेत कार्यालय परिसरमा शनिबार बिहान आयाेजित कार्यक्रममा मेयर सिंहले मालपाेत कार्यालयका प्रमुख ऋषि कुमार दाहाललाई यस्ताे आग्रह गरेका हुन् ।  महानगरले ३२ वटै वडामा रहेका जग्गालाई विभिन्न ७ थरीमा वर्गिकरण गरेकाे छ ।वर्गिकरणका लागि राेकिएकाे कित्ताकाट वर्गिकरण सम्पन्न भएसँगै अब खुला गर्नु पर्नेमा मेयर सिंहले जाेड दिए । मेयर सिंहले मालपाेत कार्यालयलाई व्यवस्थित गर्दै मालपाेत, नापी र भूमीसुधार कार्यालयका लागि बहुतले भवनकाे आवश्यकता रहेकाे औँल्याउँदै भवनकाे नक्सा बनाएर ल्याए भवन निर्माणका लाग आफूले पनि पहल गर्ने बताए । मेयर सिंहले मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई सुविधाजनक बस्ने स्थान र शौचालयकाे निर्माण महानगर आफैँले गरिदिने पनि बताए ।उनले मालपाेत कार्यालय अगाडीकाे सडकमा जथाभावी सवारी साधन नराखी ताेकिएकाे स्थानमा मात्रै पार्किङ गर्न पनि लेखापढी व्यवसायी...

जथाभावी सवारी पार्किङ नगर्ने बीरगन्ज महानगरको अनुरोध

बीरगन्ज,०२ पुस । बीरगन्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कामलाई तिब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए । ‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा वेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा पनि असहज भएको थियो,’ उनले भने, ‘महानगरले सु? गरेको अभियान अन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’ अहिले मह...

एमालेले ‘धोखा’ दिएको जसपा बाराको निष्कर्ष

बारा,०१ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए । बाराको २ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताए । दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे । ‘एमालेले मतदान गरेको भए अझै बढी मतले चुनाव जित्न सक्थेँ, उनले भने, । ‘एमालेले धोका दियो नै आफ्नो पार्टीका कतिपय नेताले पनि धोखा दिएका छन् ।’ जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शंकर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ । रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए । सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्...

बीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई जागीरबाट हटाउने निर्णय

बीरगन्ज,०१ पुस : बीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ। बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएकाे उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेलकाे हस्ताक्षर रहेकाे उक्त सुचनामा महानगरपालिका कार्यापालिकाकाे मंसिर २६ गतेकाे निर्णय अनुसार महानगरपालिकाकाे कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चाैकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरी बाहेक अरु सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएकाे व्यवहाेरा उल्लेख छ । गत स्थानिय तहकाे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेकाे थियाे । महानगरले दैनिक ज्ययालादारीमा कति जना कर्शमचारी नियुक्त गरेकाे थियाे र अहिहले कति जनलाई जागिरबाट हटाएकाे हाे ?भन्बाने रेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पाै...

पत्रकार महासंघ पर्साकाे साधरणसभाकाे उद्घाटन सत्र सम्पन्न

Image
मधेसखबर वीरगन्ज ,०१ पुस : नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे २५ ओैं वार्षिक साधरणसभाकाे उद्घाटन सत्र सम्पन्न भएकाे छ । शुक्रबार वीरगन्ज स्थित महासंघकै सभाकक्षमा आयाेजित उद्घाटन सत्रलाई सम्बाेधन गर्ने वक्ताहरुले पत्रकारितमा देखिएका विकृतिले सिंगाे पत्रकारिता क्षेत्रकै लागि चुनाैती देखिएकाले यसप्रति ध्यान दिनुपर्नेमा जाेड दिए ।उनिहरुले संख्यात्मक बढाेत्तरी हुँदै गएपनि त्यस अनुसार गुणस्तरीयता भने बढ्न नसकेकाे अनुभुति पाठक, दर्शक र श्राेताले गरिरहेकाे पनि ओैंल्याए । प्रविधिकाे विकाससंगै पत्रकारिता गर्न सहज हुँदै गएपनि विकृति पनि बढेकाे भन्दै उनिहरुले गुणस्तरीय पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका सवालमा महासंघले थप नेतृत्वदायी भूमिका बढाउन पनि सुझाव दिए । महासंघका शाखा अध्यक्ष अनुप तिवारीकाे अध्यक्षता तथा महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानकाे प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य केसि लामिछाने , महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेल , प्रहरी उपरीक्षक रमेश बस्नेत, महासंघका पू...