ठोरी देश विकासको लागि कोशेढुङ्गा साबित हुने
वीरगंज २३ माघ । पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरीको विकास दिन दुर्ई गुणा रात चौगुणा हुँदै गएको छ। ठोरीमा हुलाकी राजमार्ग पुगेपछि ठोरीको बिकासले गति लिएको हो। अहिले बन्द अवस्थामा रहेको ठोरी नाका खुलाउन चौतर्फी माग छ। बाग्मती प्रदेशको भारतको सीमानजीक ठोरी नै हो । बाग्मती प्रदेशको चीनसँग सिमाना जोडीएको र ठोरी नाका खुले भारतको सीमानाकासँग नजिक हुने र प्रस्तावित उत्तर–दक्षिण सडक पनि बाग्मती प्रदेशको मध्य भएर निर्माण हुने भएपछि सडक सम्पर्कले चीन र भारतलाई जोडने भएकोले पनि ठोरी नाका प्रदेशको लागि मात्र नभई देश बिकासको लागि समेत कोशेढुङ्गा साबित हुने विज्ञहरु बताउँदै आएका छन् । परापूर्वकालमा नेपालको प्रमुख नाका ठोरी नै थियो । वीरगंज नाका खुलेपछि ठोरी नाका ओझेलमा परेको हो । बाटोघाटोको सुबिधा नहुनुले पनि ठोरी विकासमा पछि पर्दै गएको थियो । चारैतिरबाट नदीले घेरिएको, बर्षा लाग्नासाथ आवतजावत बन्द हुने भएकोले पनि ठोरी सरकारी उपेक्षाको शिकार बन्दा बिकास निर्माणको काम समेत भएन र सुगम जिल्लाको दुर्गम स्थान भएको थियो । देशमा बहुदलीय व्यवस्था पुनस्र्थापित भएपछि ठोरीमा छो...