Posts

Showing posts with the label अपराध
डाटा लोड हुँदैछ...

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

Image
वीरगंज,१३ असार/ तेस्रो गहवामाई रथ यात्राको क्रममा भीडका लाभ उठाई करिब आधा दर्जनभन्दा बढि महिलाहरुको सुनको गहना चोरी भएको  छ । जिल्ला प्रहरी कार्यालय पर्सामा महिलाहरु पुगेर रथयात्राको क्रममा अपरिचित युवाको समुहले सुनको सिक्री, हनुमान–दुर्गा माताको मालालगायत गहना चोरी भएको भन्दै उजूरी दिएका छन् । वीरगंजकी फूलकुमारी देवी, जुली यादव, श्वेता रानी, रीना देवी, निर्मला कुमारी, रामेश्वरी देवी, मालती देवी, पुनम देवी, शारदा देवीलगायतको गहना चोरी भएको भन्दै उनीहरुले उजूरी दिएको प्रहरीले जनाएको छ । प्रहरीले छानबिन गर्ने क्रममा भारत, बिहार, पश्चिम चम्पारण बगाहा बिशुनपुर्वाकी जयमति हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले अन्य चोर गिरोहको वारेमा पनि छानबिन गरिरहेको जनाएका छन् । 

SEE Result - 2081 with Gradesheet

Image
SEE Result - 2081 Symbol No :

एसइईको नतिजा सार्वजनिक, ६१.८१ परीक्षार्थीले ग्रेडेड

Image
भक्तपुर, १३ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् । रासस

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने

Image
एसईई नतिजा शुक्रबार साँझ ६ बजे प्रकाशित हुने भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो र ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए। परीक्षा नियन्त्रक गणेश भट्टले नतिजा प्रकाशन तयारी भएको जानकारी दिए। १३ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । 

पर्सामा ट्याक्टरले च्यापिएर दुईजनाको मृत्यु, एकजना घाइते

Image
वीरगंज, १३ असार ।  ट्याक्टर पल्टिएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।   वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रवार दिउँसो टयाक्टर पल्टिदा बगहीका पन्ना पटेलका छोरा अन्दाजी १७ वर्षका आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १७ वर्षका गोलु पटेलको मृत्यु भएको छ भने वीरगंज–२८ इनर्वाका १९ वर्षका जयकुमार मण्डल घाइते भएका छन् । भेडाहा खोलाबाट माटो लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रवार दिउँसो २ बजेतिर अनिन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको वडाध्यक्ष सुर्युग महतो धानुकले बताए ।   अनिन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र टयाक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए । घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए । मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगंजको नारायणी अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गहवामाईको तेस्रो रथयात्राको भव्य तैयारी पूरा

Image
वीरगंज, १२ असार । तेस्रो गहवामाई रथयात्रा–२०८२ को सम्पूर्ण तयारी सम्पन्न भएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ । बिहीवार गहवामाई मन्दिरपार्कमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेलले शुक्रवार बिहान ७ः३० बजे मन्दिर परिसरबाट शोभायात्रा शुरू हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले रथयात्रा सुरक्षा र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी दिँदै यसपटकको कार्यक्रमका लागि करिब २५ लाख रुपियाँ खर्च हुने बताए । उनले रथयात्राको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षा निकायसँग विभिन्न चरणमा समन्वय गरी करिब ६ सय स्वयंसेवक परिचालन गरिने  उनले बताए । रथयात्राको क्रममा ५० भन्दा बढी स्थानमा पिउने पानी, सर्बत, जुस तथा चिसो पेय पदार्थको स्टल राखिने र शनिवार हुने महाप्रसाद भण्डारा कार्यक्रममा पनि करिब १५ वटा स्टल मार्फत भव्यरूपमा प्रसाद वितरण गरिने समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर

Image
वीरगंज, १२ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले एमाले नेतृत्व सरकारले कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । बिहीवार वीरगंजमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले वर्तमान सत्ता गठबन्धन नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको आधारमा गठन भएको सरकार जनतामाझ कुनै सकारात्मक प्रभाव नपारेको बताए । नेका शिक्षा विभाग प्रमुख समेत रहेका महरले सरकारले जनतामा उत्साह जगाउने खालका कुनै पनि काम नगरेको हुँदा कांग्रेस पार्टी समेत बदनाम भइरहेको र यसको असरले पार्टी कमजोर बन्दै गएको बताए । महरले १५औं महाधिवेशन तोकिएको समयमा नहुने सम्भावना रहेको र नेतृत्वले पनि महाधिवेशनप्रति गम्भीर चासो नदेखाएको भन्दै सशक्त दबाब सिर्जना गर्न कार्यकर्ता र नेताहरूलाई आहवान गरे । पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतको उपस्थिति थियो । प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रमक...

चरेससहित एकजना पक्राउ

Image
वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई  पक्राउ गरेको छ । वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ । प्रहरी नायब निरीक्ष्क बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्री बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साइडको सिटमा बुढाथोकीले कालो झोलामा अवैध लागुऔषध चरेससहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपियाँँ भारू गरी १ लाख २३ हजार रुपियाँ बरामद भएको र थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

Image
वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ जगरनाथपुर बस्ने वर्ष २३ को सफिराजा मियाँको श्रीमती वर्ष २१ की लालबीबी खातुनको कोठामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा सोको सहितको प्रहरी टोलीले लाशजाँच मुचुल्का लगायतका कार्य पूरा गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको थियो । घटना अनुसन्धानको क्रममा असार ७ गते सफि राजा मियाँलाई नियन्त्रणमा लिइ निजविरूद्ध ज्यान सम्बन्धी कसुरमा असार ८ गते पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच मनमुटाव रहेको र लामो समय देखि एक अर्काबीच बोलचाल नभएको तथा हत्या हुनुको मुख्य कारण रिष, द्वेष रहेको जनाएको छ । श्रीमान लामो समय देखि बाहिरबाट काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, कुनै वास्ता नगर्ने गरेको गरेको कारण दुवैबीच विव...

लाखौं रकम लिई नाबालिग छोरीको विवाह गराएको आरोपमा आमा पक्राउ

Image
वीरगंज, ५ असार । पर्सा जिल्लाको शिबर्वाबाट लाखौं रकम लिएर आफनै नाबालिग छोरीको बाल विवाह गराएको आरोपमा एकजना आमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । चार लाख असी हजार रुपियाँ लिई उमेर नपुगेको तथा छोरीको उमेरभन्दा तीन गुणा बढी उमेर भएका पुरूषसँग बालविवाह तथा अन्तरजातीय विवाह गराएको प्रहरीले जनाएको छ । असार १ गते बिहान ८ बजे सो महिलाले नाबालिका छोरीको बाल विवाह गराएको जाहेरीको आधारमा प्रहरीले असार ४ गते आमालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति गराई अनुसन्धान थालेको छ । प्रहरीले आमा, छोरी र पुरुषको नाम गोप्य राखेको छ । 

बाघले खाएको अवस्थामा अमलेखगंजबाट गोठालोको शव बरामद

Image
बारा, ०४ असार । बारामा बाख्रा चराउन गएका एकजना पुरूषको शव बाघले खाएको अवस्थामा आज बिहान फेला परेको छ। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका घर भएका हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज बस्ने वीरबहादुर थिड्ढो बाख्रा चराउने काम गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलनको शव भेटिएको प्रहरीले जनाएको छ । भुलन मंगलवार बाख्रा चराउन गएपछि घर नफर्किदा वडा नं २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ, इलाका प्रहरी कार्यालय अमलेखगंज प्रहरी बरिष्ठ नायब निरीक्ष्Fक धन प्रसाद श्रेष्ठको प्रहरीको टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वनको खोल्सामा भुलनको शव भेटिएको हो । उनको शव बाघले खाएको अवस्थामा भेटिएको थियो । उनले चराउन लगेको २७ वटा बाख्रा जिउँदो अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

Image
काठमाडौँ, २ असारः नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा 'यौन दुर्वलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४' नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा खेमबहादुर कार्कीले जानकारी दिनुभयो । विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्वलता रहेको तथ्याङ्क रहेको छ । नेपालमा पहिलोपटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा कार्कीका अनुसार यौन दुर्वलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्वलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्वलता छ । उहाँले यौन दुर्वलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताउनुभयो । "यौन दुर्वलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नह...

बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते

Image
मकवानपुर, ३१ जेठः हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

Image
वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् । आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन  समयमा आआफ्नो देशको वस्तु र परिस्थितिको अध्ययन र आकलन गरेर ती वादहरू प्रतिपादन गरेकोले यतिबेला हाम्रो देशमा माओवाद, मार्क्सवाद र लेलिनवादको कुनै अर्थनै नरहेको बताए । उनले फरक सन्दर्भमा मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महम्मद महाथीरले २२ वर्षमा, भियतनामलाई हु ची मिनले २४ वर्षमा र सिंगापुरलाइ लि क्वान युले ३१ वर्षमा ढुङ्गाबाट सुन बनाए तर नेपाललाई कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएकोले अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको दावी गरे ।   भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सभापतिमा राजकिशोर साह, राजु यादव उपसभापति, शत्रुधन यादव सचिव र सदस्यहरूमा राजकुमार गुप्ता, वनारसी साह, इम्त...

कडा डेङ्गुको क्रम बढ्दो

Image
-डा शेरबहादुर पुन-  गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएका थिए । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई 'डेङ्गु वार्निङ' सङ्केतका रुपमा पनि लिइन्छ । गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ । तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे । यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामाकरण पनि गरिएको थियो । वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन । यसरी जटिल डेङ्गु हुनसक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने समस्या ह्वात्तै बढेको अवस्थालाई मध्यनजर गर्दा आगामी दिन जटिल डेङ्गु व्यापक बढ्न सक्ने प्रबल सम्भावनाको अनुमान सहजै गर्न सकिन्छ । यसर्थ, 'डेङ्गु वार्निङ' सङ्केतको पनि व्यापक प्रचार गर्नुपर्ने देखिन्छ । 'डेङ्गु वार्निङ' का सङ्केतहरु कस्ता हुन्छन् ? 'डेङ्गु वार्निङ' का सङ्केतका बारेमा...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता

Image
बैङ्कक, ३० जेठ : थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ । लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो । थाइल्यान्डको विमानस्थलले फुकेटका लागि आफ्नो फेसबुक पेजमा एयरबस ए ३२० का पाइलटले एयर ट्राफिक कन्ट्रोललाई बमको धम्कीको सन्देश विमानमा फेला परेको रेडियो प्रसारण गरेको बताए । फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले फुकेट उडानले उडान भरेको लगत्तै अन्डमान सागरमाथि यू–टर्न लिँदै त्यसपछि अवतरण गर्नुअघि टापुको तटबाट धेरै पटक परिक्रमा गरेको देखाएको छ ।  (रासस/एएफपी) 

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएपछि दुई जनाको मृत्यु

Image
वीरगंज, ३० जेठ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं २२ ड्राइपोर्ट सडकखण्डस्थित सिताराम चोकमा शुक्रवार बिहान भएको भारतीय नम्बरको बिग्रिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर रूपमा घाइते भएका छन् । भुसा लोड गरी बिग्रेर रोकिएको भारतीय ट्रक (एच आर ५५ के ३९७१) मा पछाडिबाट आएको मोटरसाइकल (बागमती प्रदेश ०३ ००४ प ८६१२) ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ झलमैया निवासी राम शरण यादवका छोरा २३ वर्षीय रामाकान्त यादव र सुसराम यादवका छोरा २३ वर्षीय विजय यादव घाइते भएको र उनीहरूको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिप्रका, पर्साले जनाएको छ । दुर्घटनामा सोही ठाउँका मनिका राउत अहिरका छोरा २२ वर्षीय विजय कुमार यादव घाइते भएका छन्, उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजना पक्राउ

Image
वीरगंज, ३० जेठ । सशस्त्र प्रहरी बल पर्साले स्रोत खुलाउन नसकेको १८ लाखसहित दुईजनालाई पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । शुक्रवार सशस्त्र प्रहरी बल,नेपाल प्र.सि.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज भन्सार कार्यालयको भन्सार चेकजाँच बिन्दु नजीकैबाट भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार जिल्ला पर्सा वीरगंज म.न.पा., वडा नं. २ छपकैया बस्ने वर्ष १९ को राहुल कुमार तिवारीलाई स्रोत खुलाउन नसकेको १३ लाखसहित पक्राउ गरेको छ । तिवारीले मोटरसाईकलको एअर फिल्टर बक्समा लुकाई छिपाई अबैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको रू.१३ लाख बरामद भएपछि अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी वीरगंज.–१६ स्थित भन्सार गेटबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको मोटरसाईकलमा सवार जिल्ला बारा, प्रसौनी गा.पा., वडा नं. २ प्रसौनी बस्ने वर्ष ४० को कौशल कुमार गुप्तालाई नगद रु ५ लाखसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । उनले शरीरको विभिन्न भागहरूमा लुकाई छिपाई अबैध रूपमा चोरी पैठारी गरी ल्याउँदै गरेको रू. ५ लाख बरामद भएपछि कारबाहीको ल...

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

Image
काठमाडौँ, २९ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताउनुभयो । "हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडाँै र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ", उहाँले भन्नुभयो । उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ । माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र ल...

लुटपाट प्रयास गर्ने दुर्ई जना पक्राउ

Image
रौतहट, २९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले लुटपाटमा संलग्न रहेको आरोपमा दुर्ई जनालाई पक्राउ गरेको जनाएको छ । यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिकै लुकिछिपी बसेका सोही स्थानका मुकेश महतो र सिताराम महतो रहेको प्रहरीले जनाएको छ । उनीहरू ७–८ जनाको समूहमा लुटपाट गर्न तयारी अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारी दुईजनालाई पक्राउ गरेको छ । बाँकी फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्गाभगवती गाउँपालिका–३, मत्सरीका ३५ वर्षीय कृष्णमणी झा मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए । झाझपुल नजिकै पुगेपछि लुटेरा समूहले उनलाई रोक्न खोजी धनमाल र मोटरसाइकल लुट्ने प्रयास गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिइ उक्त स्थानबाट कृष्णमणी झालाई सकुशल उद्धार गर्नुका साथै दुईजना लुटेरालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।