Menu

आजको मौसम

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

Author
cloudwork |
June 27, 2025 0
Featured

वीरगंज,१३ असार/
तेस्रो गहवामाई रथ यात्राको क्रममा भीडका लाभ उठाई करिब आधा दर्जनभन्दा बढि महिलाहरुको सुनको गहना चोरी भएको  छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा महिलाहरु पुगेर रथयात्राको क्रममा अपरिचित युवाको समुहले सुनको सिक्री, हनुमान–दुर्गा माताको मालालगायत गहना चोरी भएको भन्दै उजूरी दिएका छन् ।
वीरगंजकी फूलकुमारी देवी, जुली यादव, श्वेता रानी, रीना देवी, निर्मला कुमारी, रामेश्वरी देवी, मालती देवी, पुनम देवी, शारदा देवीलगायतको गहना चोरी भएको भन्दै उनीहरुले उजूरी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले छानबिन गर्ने क्रममा भारत, बिहार, पश्चिम चम्पारण बगाहा बिशुनपुर्वाकी जयमति हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले अन्य चोर गिरोहको वारेमा पनि छानबिन गरिरहेको जनाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3