Menu

आजको मौसम

मेस्सी द्वारा लगातार ७ खेलमा गोलको किर्तिमान , वैकल्पिक खेलाडीको रुपमा आएर गोल गर्दै मचाए सनसनी

Author
News Desk |
June 28, 2026 0
Featured

लालबाबु सिंह १४ असार बिरगंज । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी ले आज विश्वकप २०२६ को लिग चरणको तेस्रो र अन्तिम खेलमा गोल गर्दै अहिले सम्म कुनै खेलाडीले बनाउन नसकेको दुर्लभ कीर्तिमान रचेका छन ।

अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा जोर्डन विरुद्ध गोल गरेपछि   विश्वकपको लगातार ७ खेलमा गोल गर्ने एक मात्र खेलाडी को रुपमा मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम गराएका हुन्।

 आज को खेलमा सुरुवाती ११ मा नरहेका मेस्सी खेलको ५९ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले ८० औं मिनेटमा फ्रि-किकबाट शानदार गोल गर्दै अर्जेन्टिनालाई ३-१ ले जित दिलाए । 

यो गोल सँगै मेस्सी विश्वकपका सात खेलमा लगातार गोल गर्ने इतिहासकै पहिलो खेलाडी बनेका छन । मेस्सीले चालू विश्वकपको ३ खेलमा र पछिल्लो कतार विश्वकप २०२२को अन्तिम ४ खेलमा गोल गरेर कीर्तिमान बनाएका हुन । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3