Menu

आजको मौसम

लाखौं रकम लिई नाबालिग छोरीको विवाह गराएको आरोपमा आमा पक्राउ

Author
cloudwork |
June 19, 2025 0
Featured

वीरगंज, ५ असार । पर्सा जिल्लाको शिबर्वाबाट लाखौं रकम लिएर आफनै नाबालिग छोरीको बाल विवाह गराएको आरोपमा एकजना आमालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
चार लाख असी हजार रुपियाँ लिई उमेर नपुगेको तथा छोरीको उमेरभन्दा तीन गुणा बढी उमेर भएका पुरूषसँग बालविवाह तथा अन्तरजातीय विवाह गराएको प्रहरीले जनाएको छ ।
असार १ गते बिहान ८ बजे सो महिलाले नाबालिका छोरीको बाल विवाह गराएको जाहेरीको आधारमा प्रहरीले असार ४ गते आमालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति गराई अनुसन्धान थालेको छ । प्रहरीले आमा, छोरी र पुरुषको नाम गोप्य राखेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3