Posts

Showing posts with the label main news
डाटा लोड हुँदैछ...

पर्सामा ट्याक्टरले च्यापिएर दुईजनाको मृत्यु, एकजना घाइते

Image
वीरगंज, १३ असार ।  ट्याक्टर पल्टिएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।   वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रवार दिउँसो टयाक्टर पल्टिदा बगहीका पन्ना पटेलका छोरा अन्दाजी १७ वर्षका आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १७ वर्षका गोलु पटेलको मृत्यु भएको छ भने वीरगंज–२८ इनर्वाका १९ वर्षका जयकुमार मण्डल घाइते भएका छन् । भेडाहा खोलाबाट माटो लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रवार दिउँसो २ बजेतिर अनिन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको वडाध्यक्ष सुर्युग महतो धानुकले बताए ।   अनिन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र टयाक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए । घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए । मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगंजको नारायणी अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसरी भयो वीरगंज तनावग्रस्त (फोटो र भिडियो हेर्नुहोस्)

Image
वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कफर्यु घोषणा भएको छ ।  सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।  सांझ र रातिसम्म सर्वसाधारणहरु आआफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आआफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।  रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।  वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्र...

वीरगंज महानगरमा यौन व्यापार फस्टाउदै

Image
वीरगंज महानगर  क्षेत्रमा  दिनप्रतिदिन यौन ब्यबसाय फस्टाउदै गइरहेको छ । यौन ब्यापार गर्ने महिलाहरू केही स्थानीय छन भने केहि घुमन्ते र केहि भारतबाट समेत वीरगंज आएर यौनब्यापर गरिरहेको सोही क्षेत्रमा काम गर्ने संस्थाले जनाएको छ ।   वीरगंजका सानादेखि  ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी  उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ ।  ती होटेल, रेस्टुरेन्ट तथा मदिराभट्टी  संचालकहरूले ग्राहकको आर्थिक  हैसियत अनुसार महिला उपलब्ध  गराउने गर्दछन् । कोहि आर्थिक हैसियत कमजोर भएकोले जीवन धान्न यौन ब्यापारमा लागेको पाइन्छ भने केहि मिठो खान राम्रो लगाउन मोजमस्ती गर्न यौनब्यापार गर्ने गरेका छन् । केहि यौनकर्मी भने घुमिघुमि यौन ब्यापार गर्ने गर्दछन् उनीहरूको एउटै ठेगाना हुदैन ।   यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा  काम गर्दै आएको संस्थाक...

मधेस प्रदेशमा भ्रष्टाचार अन्त्य गर्छु –  नवनियुक्त मुख्यमन्त्री यादव

Image
वीरगंज, २८ पुस ।  मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले मधेसको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।  सञ्चारकर्मीसंग कुराकानीको क्रममा मुख्यमन्त्री यादवले मधेसमै मधेसवादी दल कमजोर नभएको बताउँदै  मधेसवादी दल कमजोर भएको भए आज म मुख्यमन्त्री नहुने बताए । न मधेसवादी दल कमजोर भएका छन्, न मधेसको मुद्दा कमजोर हुन्छ उनले भने, मधेसका मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए । उनले आफ्नो काम र अरूको काममा फरक हुने बताए । सबभन्दा पहिला मधेस प्रदेशमा भ्रष्टाचारीलाई गुञ्जायस नहुने ठोकुवा गरे ।  उनले अहिलेसम्म कुनै पनि मन्त्रालयको बाँडफाँड भएको बताउँदै मधेस प्रदेशमा १० वटा मन्त्रालय छ त्यसैलाई निरन्तरता दिने बताए । उनले सरकारमा विभिन्न विचार बोकेका दल रहेको बताए । सबै दलका नेता तथा प्रदेश सांसदहरूसँग सहकार्य गरेर सबैको मुद्दा तथा विचार समेटिने गरी राम्रो रोडम्याप बनाएर अगाडी बढ्ने बताए ।

पर्सामा विजयी अनुहारहरु हेर्नुहोस्

Image
वीरगंज, ७ मंसिर । पर्सामा विजयी भएका उम्मेदवारहरु यतिबेला खुशीयाली साटासाट गर्न व्यस्त भएका छन्।   पर्सा क्षेत्र नम्बर १ मा दोश्रो पटक जित हात पार्दै प्रदीप यादवले विजयी भएका छन्।  जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । काङग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । सत्तागठबन्धनका उम्मेदवार हुदाका बाबजुद पनि कर्णले १ हजार १ सय १७ मत मात्रै प्राप्त गरि चौथो स्थानमा सिमित हुन पुगेका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५९ मत पाएका पाएका छन् । २०४८ देखि २०७४ सम्म भएका ६ वटा निर्वाचनमा कसैले पनि दोहोर्याएर जित हात पार्न नसकेको पर्सा क्षेत्र नम्बर १ मा यादव भने लगातार दोश्रो पटक ज...

पटेर्वासुगौलीको निचुटामा अनौठो शिवलिङ्ग भेटियो

Image
वीरगंज, २१ कात्तिक ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ मा पर्ने गाउँँ निचुटामा शिवलिंग भेटिउको छ । शनिवार एकादशीको दिन विहान साढे १० बजे अदभूत शिव लिङ्ग भेटिएपछि सो ठाउँमा अहिले मेला लागेको छ । सोमवार पनि सयौं भक्तजनहरु शिवलिंग हेर्न पुगेका थिए ।  गाउँकै एक जना खर काट्ने व्यक्तिले शिवलिंग पत्ता लगाएका हुन् । निचुटादेखि हरपुर जाने सडकखण्डको दक्षिण तथा भुलवाही खोलाभन्दा पुर्वमा उक्त शिव लिङ्ग भेटिएको हो । गाउँँका देवनारायण साह गोढले खर काटने क्रममा लिङ्ग देखेपछि गाउँलेलाई खबर गरेका थिए अहिले त्यहाँ टेन्ट पण्डाल लगाइएको छ । लिङ्गमा नाग, जनेउ तथा चन्द्रको चिन्ह देखिएको स्थानीयले बताएका छन् ।  शिव लिङ्ग भेटिएपछि दाताहरूले सहयोगमा सो स्थानमा मन्दिर निर्माण गर्ने काम शुरु भइसकेको छ ।