डाटा लोड हुँदैछ...

वीरगंज महानगरमा यौन व्यापार फस्टाउदै

वीरगंज महानगर  क्षेत्रमा  दिनप्रतिदिन यौन ब्यबसाय फस्टाउदै गइरहेको छ । यौन ब्यापार गर्ने महिलाहरू केही स्थानीय छन भने केहि घुमन्ते र केहि भारतबाट समेत वीरगंज आएर यौनब्यापर गरिरहेको सोही क्षेत्रमा काम गर्ने संस्थाले जनाएको छ ।
 
वीरगंजका सानादेखि  ठूला होटेल तथा रेस्टुरेन्टहरू मदिरा भट्टीहरूमा यौनकर्मी महिला राखिएका हुन्छन् । भन्नको लागी  उनीहरूलाई कामदार भनिन्छ तर उनिहरूको वास्तबिक पेसा भनेको यौन ब्यापार हुन्छ । 

ती होटेल, रेस्टुरेन्ट तथा मदिराभट्टी  संचालकहरूले ग्राहकको आर्थिक  हैसियत अनुसार महिला उपलब्ध  गराउने गर्दछन् । कोहि आर्थिक हैसियत कमजोर भएकोले जीवन धान्न यौन ब्यापारमा लागेको पाइन्छ भने केहि मिठो खान राम्रो लगाउन मोजमस्ती गर्न यौनब्यापार गर्ने गरेका छन् । केहि यौनकर्मी भने घुमिघुमि यौन ब्यापार गर्ने गर्दछन् उनीहरूको एउटै ठेगाना हुदैन ।
 
यौनब्यापारमा एउटा कहालिलग्दो तितो सत्य पनि देखिएको छ । स्कुल, कलेज पढ्ने किसोरीहरू पनि यौनब्यापारमा लागेको पाइन्छ । यौनकर्मी महिलाहरूको अधिकार र सुरक्षाको क्षेत्रमा  काम गर्दै आएको संस्थाको अनुसार स्कुल कलेज पढ्न जाने बहानामा आफ्नो ब्वायफ्रेन्डसङ्ग मस्ती गर्ने मोजमस्ती पनि गर्ने कमाई पनि हुने भएकोले सानै उमेरदेखि यौन ब्यबसायमा लाग्ने गरेको  बताइएको छ । 

एकथरिका महिला भने केटालाई रकम दिएर आफ्नो यौन प्यास मेटाउने गरेको पनि संस्थाले जनाएको छ । वीरगंजमा भइरहेको अबैध  यौन ब्यापारदेखि  प्रहरी  प्रशासन  अनभिज्ञ छैन । कतै  प्रशासनले आखा चिम्लिदिने गरेको छ भने कहिकतै स्थानीय  प्रहरीको मिलोमतोमा यौनब्यापर भैरहेको छ । खुलमखुल्ला यौन धन्दाले एचआइभी एडसका साथै बिभिन्न रोग पनि निम्त्याउने गरेको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर