Posts

Showing posts with the label Festival
डाटा लोड हुँदैछ...

पञ्चवर्षीय कटवाशी माइ मेलामा भक्तजनहरूको उल्लेख्य भिड

Image
बीरगञ्ज २ पुस।   पञ्चवर्षीय कटवासीमाई मेलामा यसपाली जनकपुर धाममा विवाह पञ्चमीमा सहभागी भएर फर्किएका भक्तजनहरु सहभागी भएपछि मेलामा निकै भिड देखियो।   बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेल गाईमा मङ्सिर २७ गतेदेखि लागेको मेलामा भक्तजनहरूले उल्लेख्य सहभागिता जनाएका  छन्।   आज पुस २ गते मेलामा उल्लेख्य मात्रामा भक्तजनहरू सहभागी भएका थिए। करिब १० लाख जति सहभागिता जनाएका छन्।  भोलि पुस ३ गते बलिदान भएकोले आज उल्लेख्य मात्रामा भक्तजनहरूले मेला भर्न आएका हुन्।  मेलामा यात्रीहरूको चाप बढेपछि बाटो निकै जाम रह्यो जसका कारण यात्रीहरु खेत खरियान हुँदै मेलास्थलसम्म पुग्ने गरेका थिए।   आयोजकका अनुसार रातभरि मेला लाग्ने भएकोले रातभरि भक्तजन हरू मेलामा सहभागी हुने भएका छन् मेलामा स्वयंसेवक नेपाल प्रहरी जनपद प्रहरी सशस्त्र प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ केही कमी कमजोरी भएपनि मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।

महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

Image
बारा, २७ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा मेलाको उदघाटन गरेका हुन् । आज पहिलो दिन हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो । मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, मिकीमाउस, ब्रेक डब्सु नाव, क्रस समिल्लित बच्चाहरुको मनोरञ्जनको खेल तमासाहरुको ब्यवस्था गरिएको श्री काँटवासीमाई पञ्चवर्षीय पूजा एवं मेला मूल समितिको कार्यालयले जनाएको छ । हरेक पाँच वर्षमा बारा जिल्लाको दोस्रो ठूलो मेलाको रुपमा काटवासी मेला लाग्दै आइरहेको छ । 

वीरगंजको मेलामा घुमाउँछु, ताजा रसिलो जिलेबी खुवाउँछु

Image
वीरगंज, ३० असोज । हरेक वर्ष वीरगंजको घण्टाघरदेखि आदर्शनगर क्षेत्रमा लाग्ने नवरात्रिको मेलाको मुख्य आकर्षण भनेको ताजा र रसिलो जिलेबी हो । नौं दिनसम्म लाग्ने नवरथा मेलामा वीरगंजको सडक पेटीमा सयौं जिलेबी पसलहरु थापिएका छन् । आर्थिक मन्दीको समयमा पनि उनीहरुको पसलमा जिलेबी किन्नेहरुको कमी हुँदैन । एक पाउ, आधा किलो, एक किलो जिलेबी बिक्री हुने उनीहरुको ग्राहक भनेको पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा हुन् । गाउँ–गाउँबाट आएका कारीगरहरूले आकर्षक एवं रहरलाग्दा जिलेबी बनाएका छन् । सो ठाउँबाट ओहोरदोहोर गर्नेहरूको जिलेबी हेरेर मुख रसाउने गर्छ । यसपालि जिलेबीको मूल्य गत वर्षको तुलनामा घटेको छ । रु दुई सय प्रतिकिलोमा बिक्री भइरहेको जिलेबीको मूल्य ग्याँस र चिनीको मूल्यवृद्धिका बावजूद घटेको छ । अहिले रु १६० देखि १८० प्रतिकिलोमा जिलेबी बिक्री भइरहेको छ । वीरगंजमा लाग्ने मेलाको प्रमुख आकर्षण जिलेबीपसल रहँदै आएको छ र यस वर्ष पनि जिलेबीपसल नै सबैभन्दा बढी देखिएको छ । वीरगंजमा सप्तमी र अष्टमीका दिन भव्य मेला लाग्ने गर्छ । सोही मेलालाई लक्षित गरेर बिपी उद्यानदेखि आदर्शनगर चोकसम्म र माईस्थानदेखि गीतामन्...

घटस्थापनाको पहिलो दिन विभिन्न धार्मिक कार्यक्रम

Image
वीरगंज, २८ असोज/ विजयादशमीको शुभारम्भ दिवस घटस्थापना तथा शारदिय नवरात्रिको प्रथम दिवस महादुर्गा भगवतीको प्रथम अवतार माता शैलपुत्रीको उपासनाको लागि आज पर्सा, बारालगायत विभिन्न स्थानमा कलशयात्रा, जमरारोपण लगायत कार्यक्रम शुरु भएको छ । यसैबीच ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले शुभकामना आदान प्रदान एवं जमरारोपण कार्यक्रम सुसम्पन्न भएको छ । विश्वदर्शन भवन छपकैयाकी मुख्य सञ्चालिका ब्रह्माकुमारी बेली दिदीको अभिभावकत्व तथा संविधान सभा सदस्य बलवीर प्रसाद चौधरीको मुख्य आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्षहरु बैजु स्वर्णकार, प्रदिप चौरासीया, अवधेश कुशवाहालगायतको सहभागिता थियो । कार्यक्रममा सहभागीहरुले विजयादशमी असत्य अन्धकार दुर्गणमाथि क्रमशः सत्य प्रकाश र दैविगुणको विजयको महान उत्सव भएको बताएका थिए । सहभागीले कलशमा जौं र गहुँ को बिजारोपण गरेका थिए । ब्रह्माकुमारी सरस्वती, ब्रह्माकुमार छोटेलाल, गोवर्धन ब्रह्माकुमार गोकुल, आनन्द लगायतको सहभागिता थियो । 

छठ पर्व : आज खरना विधि गरिँदै

Image
फाइल फाेटाे मधेसखबर वीरगन्ज ,१२ कार्तिक : छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदैछ। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ विधिवत रुपमा शुक्रबारबाट शुरु भएको हो।   कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ। छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन्। जलाशयहरुलाई सिंगारिने काम भइरहेको छ। छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको छ। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथीका दिन बिहान व्रतालुहरुले विहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। कात्तिक शुक्लपक्षको पञ्चमी तिथी अर्थात पर्वको दोस्रो दिन आज खरना विधि गरिदैंछ। खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), राेटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो ...