डाटा लोड हुँदैछ...

महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

बारा, २७ मंसिर ।
बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा मेलाको उदघाटन गरेका हुन् ।

आज पहिलो दिन हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो ।

मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, मिकीमाउस, ब्रेक डब्सु नाव, क्रस समिल्लित बच्चाहरुको मनोरञ्जनको खेल तमासाहरुको ब्यवस्था गरिएको श्री काँटवासीमाई पञ्चवर्षीय पूजा एवं मेला मूल समितिको कार्यालयले जनाएको छ ।

हरेक पाँच वर्षमा बारा जिल्लाको दोस्रो ठूलो मेलाको रुपमा काटवासी मेला लाग्दै आइरहेको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर