Posts

Showing posts with the label nepal
डाटा लोड हुँदैछ...

पुस ७ गते नागढुंगा-मुग्लिन सडक ४ घण्टा बन्द हुने

Image
चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)ले बिहीबार एक सूचना जारी गरेर जनाएको हो। नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छन्। यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ। उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्षअघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकैसाथ थालिएको थियो। 

पर्सागढीमा ‘म बालिका हो, दुलही होइन’ अभियान

Image
वीरगंज ५ पुस मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् । मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा 'म बालिका हो, दुलही होइन' अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले आज मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् । यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् । एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ । किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिज...

विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नागरिकता पाउने व्यवस्था अनुचित

Image
काठमाडौँ  ३ पुष २०८०, मंगलवार  । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राम्रो नभएको बताएका छन् । मङ्गलवार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका हुन् । उनले भने,  'विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बिच पास भएको छ ।' भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको पनि स्मरण गरे । उनले भने, 'ठुलो जनसङ्ख्या भएका छिमेकी छन् । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउँछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशङ्का गरिन्छ ।'

जीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

Image
बारा, २ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमवार पाँच लाख नगद रकमसहित जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले सेवाग्राहीसंग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । सिफारिस गर्नका लागि भन्दै सेवाग्राहीसंग रकम लिएको भन्ने आरोप छ' गौतमले भने थप कुरा अनुसन्धानबाट खुल्नेछ । हामी अनुसन्धानको प्रक्रियामा छौं । वडाध्यक्ष कार्कीलाई सिमराका राजन उप्रेतीले उक्त रकम दिएका थिए । उप्रेतीले आफूसंग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् । वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरूपमा फसाएको प्रतिक्रिया दिएका छन् । 

सिम्रौनगढमा मृतक परिवारजनद्वारा प्रदर्शन, प्रहरी सतर्क

Image
बारा, २८ मंसिर । सिम्रौनगढ नगरपालिकामा मंसिर २७ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवारजनले बिहीवार प्रदर्शन गरेका छन् । बुधवार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । बिहीवार उनका आफन्तजनले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधवार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाई गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् । जसका कारण सिम्रौनगढ हालसम्म पनि तनावग्रस्त नै छ ।

सिम्रौनगढ कर्मचारी आन्दोलनमा गोली चल्दा एकजनाको मृत्यु

Image
सिम्रौनगढ २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् । बाराको सिम्रौनगढ नगरपालिकामा अहिले पनि अवस्था तनाव ग्रस्त रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मी मेहता जनाए । मृतकको भने अहिलेसम्म पहिचान नभएको प्रहरी स्रोतले जनाएको छ । सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिस्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो । आन्दोलनकारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द...