Posts

Showing posts with the label crime
डाटा लोड हुँदैछ...

घूससहित पक्राउ परेका जीतपुरसिमराका वडाध्यक्ष कार्की निलम्बन

Image
बारा ५पुस।। घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की  निलम्बन भएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान  आयोग केन्द्रीय कार्यालय काठमाडौँले वडाध्यक्ष कार्की पदमुक्त भएको विषयमा उपमहानगरलाई अति गोप्य पत्र मार्फत जानकारी गराएको हो ।  कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले जीतपुर स्थित जैशवाल होटेलबाट नियन्त्रणमा लिएको थियो ।  आयोगले कार्कीलाई सोमबार नगद रकम सहित नियन्त्रणमा लिएर सोही केन्द्रीय कार्यालय काठमाडौँ पठाएको हो  । सोही दिनदेखि लागु हुने गरी आयोगले वडाध्यक्ष कार्कीलाई निलम्बन गरेको हो ।   'अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम पुष २ गतेबाटै लागु हुने गरी विशेष अदालत काठमाडाैँबाट म्याद थप भई आएको र यसरी थुनामा रहेका व्यक्ती सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक भए आयोगको ऐन २०४८ को दफा १७ तथा भष्टचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको जानकारी गराईन्छ' आयो...

भारतीय नम्बरको एम्बुलेन्स र चालक भन्सार चलान

Image
बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले  बिना भन्सारको भारतीय एम्बुलेन्स र चालकलाई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।  भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको  सूचना अनुसार पुस २ गते वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडी सडकखण्डबाट BR1AP 5291 नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले एम्बुलेन्स  चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिन लाई पक्राउ गरी आज अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले बताउनुभएको छ।

३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद

Image
बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद गरेको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले विल विजक नभएको अबैध भन्सार छलीका ३ खाल ३५ हजार ५ सय रूपैया बराबरको प्याज र जुत्ता नियन्त्रणमा लिएको हो । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज मा चेकजाँच गर्ने क्रममा बा १७ च ७७८० नं. को मारुति भ्यान बाट  जुत्ता २४३ जोर मुल्य रू. २,८०,५०० र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा जाँच गर्ने क्रममा  प्र.१-०१-००१ख३५७८ न.को यात्रुबहाक बस १००० किलो प्याज करिब ५५ हजार मूल्य बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

३८० किलो गाँजासहित दुईजना भारतीय पक्राउ

Image
काठमाडौँ  ३ पुष २०८०, मंगलवार । प्रहरीले चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका गरेको छ ।भरतपुर महानगरपालिका९१ आँपटारीबाट मङ्गलवार बिहान दुई जनालाई गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो । पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप नियन्त्रण

Image
वीरगंज, २ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले डेढ लाख मूल्य बराबरको प्याजसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।   आइतवार राति बिल विजक भन्दा बढी प्याज बोकेको पिकअप वीरगञ्जबाट चितवनतर्पm जाँदै गरेको सूचनाको आधारमा वीरगंज–१४ गण्डक चोकमा प्रहरीले चेकजाच गने क्रममा ना.४ च ८७१३ पिकअप नियन्त्रणमा लिएको थियो। बिल विजक भन्दा बढी एक लाख सड्चालीस हजार सात सय पचास  मूल्य बराबरको प्याज भेटिएपछि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिप्रका पर्साले जनाएको छ ।   प्याजको मूल्य बढ्दै गएपछि अहिले भारतबाट चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाउने कार्य भइरहेकोछ  । 

जुत्ताभित्र आधा किलो सुन तस्करी गर्ने दुईजना पक्राउ

Image
काठमाडौं २९ मंसिर ।  आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्। चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

लूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

Image
सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपियाँँ लुटेको छ।   बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारूले जानकारी गराएका छन् । वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा राय ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्पm जाँदै गर्दा लुटपाट भएको हो। प्रहरी नायव उपरीक्षक थारूले लुटपाटमा संलग्नहरूको खोजी शुरू गरिएको बताए। उनले खोजीका लागि नाकाबन्दी गरिएको भन्दै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको टोली खटेको जानकारी दिए।

बारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

Image
वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले  १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं. ११ रतनपुर स्थित १५ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको १८ हजार बोटहरू फडानी गरी नरुट गरेको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी    प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।   यसैगरी पर्साको वीरगंजबाट छ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका– १६ नगवा फूलवारी टोल निवासी शेख सदामलाई पक्राउ गरेको हो ।   प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको साढे ६ किलो गाँजा र तौल गर्ने दुर्ई थान डिजिटल तराजु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । उनले आफनै घरमा अवैध तरिकाले लागूऔषध बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण...

चार लाख मूल्य बराबरको सामानसहित पिकअप नियन्त्रण

Image
वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले ३ लाख ९७ हजार रुपियाँ बराबरको सामानसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । मंसिर २६ गते राति १०ः३० बजे प्रहरी कार्यालय जितपुर र अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुरबाट ना ७ ख ८८२२ नम्बरको बस र वडा नं.२१ अमलेखगंजबाट बा.प्र.–०३–००१ च १४३० नम्बरको पिकअप गाडी चेकजांच गर्दा बिलबिजकभन्दा बढी  भएकोे टेन्टको ग्ल्याक्सी कपडा २४ पिस, टेन्टमट लगाउँने फुल १५ पोका, सिद्रा माछा १०० किलो प्याज २५०० किलो नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।