डाटा लोड हुँदैछ...

३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद


बीरगञ्ज ३ पुस । जिल्ला प्रहरी कार्यालय बाराले ३ लाख ३५ हजार मूल्य बराबरको प्याज र जुत्ता बरामद गरेको छ।
 ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले विल विजक नभएको अबैध भन्सार छलीका ३ खाल ३५ हजार ५ सय रूपैया बराबरको प्याज र जुत्ता नियन्त्रणमा लिएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज मा चेकजाँच गर्ने क्रममा बा १७ च ७७८० नं. को मारुति भ्यान बाट  जुत्ता २४३ जोर मुल्य रू. २,८०,५०० र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा जाँच गर्ने क्रममा  प्र.१-०१-००१ख३५७८ न.को यात्रुबहाक बस १००० किलो प्याज करिब ५५ हजार मूल्य बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर