काँटवासीमाई गढीमाईको दिदी हो त्यसकारण दर्शन गर्न आउनुहोला - नगरप्रमुख उपेन्द्र प्रसाद यादव
बारा २८ मंसिर। बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला मङ्सिर २७ गतेदेखि सुरु भएको छ। महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले मेलाको उदघाटन गरेका हुन् । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले काँटवासीमाईको मेला पञ्चवर्षीय मेला भएको बताउनुभयो। उहाँलाई मेलामा सहभागी हुन सबै भक्तजनहरूलाई आग्रह गर्नु भयो । उहाँले काँटवासीमाइ गढीमाईको दिदी भएकोले गढीमाईको मेला लाग्नुभन्दा एक वर्ष अगाडि काँटवासीमाईकोको मेला लाग्ने गरेको बताउनुभयो। उहाँले यो प्रकृतिको देन हो, बाँसमा काटा फलेको छ त्यसकारण यसलाई काँटवासी भनिन्छ र काँटवासीमाईको उत्पत्ति भएकोले नै काँटवासीमाईको मेला लाग्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो माता गढीमाईको जेठो बहिनी हो काँटवासीमाई । काँटवासीमाईको महिमा अपरम्पार छ। जुन मान्छे आफ्नो सफा मनले जुन पनि भाकल गर्छ र त्यो भाकल पूरा गर्नको लागि यो मेलाको प्रत्येक पाँच वर्षमा लाग्ने गरेको छ। लाखौको संख्यामा काँटवासीमाईको मेला भर्न आउने गरेका छन्। छिमेकी राष्ट्र भारतदेखि नेपालको कुनाकुनाबाट लाखौं भक्तजनहरु यहाँ आउ...