ट्वीटर लिंकलाई वेबसाइटमा इम्बेड गर्ने तरीका
ट्वीटर लिंकलाई अन्य वेबसाइटमा इम्बेड गरेर पोस्ट गर्ने अप्सन लुकाइएको छ । तर पनि तपाईं त्यसको लिंकलाई इम्बेड गर्न सक्नुहुन्छ । यसको लागि तल दिइएको साइटमा जानुहोस् https://embedcodesgenerator.com/tools/twitter-embed-code साइट खुलेपछि त्यहाँको खाली ठाउँमा ट्वीटरको लिंक पेस्ट गर्नुहोस् । जेनरेट इम्बेडमा क्लिक गर्नुहोस् । जेनरेट भएको कोडलाई कपी गरेर आफ्नो वेबसाइटमा जानुहोस् । समाचार, फोटो राखिसकेपछि वर्डप्रेसको कोड अप्सन क्लिक गर्नुहोस् । तलपछि एक दुई पटक इन्टर गरेर कपी गरिएको कोडलाई त्यहाँ पेस्ट गर्नुहोस् । अब कोड अप्सनबाट भिजुअलमा स्विच गर्नुहोस् । त्यसपछि समाचारलाई पोस्ट अथवा अपडेट गर्नुहोस् ।