नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन सम्पन्न
वीरगञ्ज, ४ पौष । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र पिएचडी चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा नेपाल भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ को दोस्रो संस्करण एक समारोहका बीच नेपालको आर्थिक राजधानी वीरगञ्जमा सम्पन्न भएकोे छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारत नेपाल बीचको बहुआयामिक सम्बन्धका बारे चर्चा गर्दै दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नु पर्ने भूमिका र सिमावर्ती क्षेत्रमा आइरहने कठिनाईको समाधानको लागि स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले सुविधा सम्पन्न क्वारेन्टाईन तथा खाद्य प्रयोगशालाको स्थापना हुनुपर्ने, डिस्प्युट सेलको स्थापना गरिनुपर्ने, तेस्रो मुलुकका पार्ट÷पुर्जा, स–साना मेशिनरी तथा जीवन उपयोगी औषधीहरु भारतबाट समेत आयात गर्ने व्यवस्था हुनु पर्ने, नेपाली सवारी साधानलाई भारतमा सहज प्रवेशको व्यवस्था हुनुपर्ने लगायतका विषयहरु राख्नु भएको थियो । सम्मेलनका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीर...