वीरगंजको ठाउँ–ठाउँमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान
वीरगंज, ३१ साउन । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रूपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा रडार मोनिटरीङ्ग सिस्टमको बुधवार उदघाटन गरिएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको उदघाटन गर्दै अब वीरगंजको सुरक्षामा मद्दत पुग्ने बताए । महानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरण, सरसफाई, नगरवासीको सुरक्षालाई प्राथमिकतामा राखेर सिसिटिभी जडान गरिएको बताए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रूममा जडान गरिएको अत्याधुनिक सिसिटिभी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउँन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताए । वीरगंज महानगरपालिकाको २७ लाख रुपियाँँको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रूममा राडर सहितको क्यामरा जडान गरिएको हो । उक्त क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरूलाई समेत कारबाई गर्न सहज हुने पर्...