Posts

Showing posts with the label international
डाटा लोड हुँदैछ...

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

Image
 चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ। भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ। प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ। रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प, १०० बढीको मृत्यु

Image
३ पुस २०८०, मंगलबार   काठमाडौँ–  चीनमा शक्तिशाली भूकम्प गएको छ । सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा एक सय ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पमा परी २२० जना घाइते भएका छन् । मृत्यु हुनेमा गान्सुका १०० र छिङ्हाइका ११ जना छन् । भूकम्पले गान्सु र छिङ्हाइ प्रान्तमा बढी क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ( यूएसजीएस )ले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ । यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् । आपतकालीन कामदारहरूले चिसो मौसमको सामना गर्दै उद्धारकार्यलाई जारी राखेको समाचारमा जनाइएको छ । 

अन्डरवल्ड डन दाउद इब्राहिमको अवस्था चिन्ताजनक, विष खुवाइएको हुन सक्ने

Image
पाकिस्तानमा लुकेका भारतका मोस्ट वान्टेड अन्डरवल्ड डन दाउद इब्राहिमलाई विष खुवाइएको हुन सक्ने आशंका गरिएको छ। भातरत र पाकिस्तानका सञ्चारमाध्यामले दाउदलाई विष दिइएको हुन सक्ने आशंका गरिए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन। पाकिस्तानी क्रिकेटर जावेद मियाँदादका निकट मित्र तथा सम्दीसमेत रहेका भारतीय नागरिक दाउद इब्राहिमलाई कसैले विष दिएको दाबी गरिएको छ। अहिले उनको अवस्था निकै गम्भिर र चिन्ताजनक रहेको छ। उनलाई गम्भीर अवस्थामानै कराँचीको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ। यो खबर बाहिर आएसँगै पाकिस्तानमा ट्विटर, युट्युब र गुगलको सेवा अवरुद्ध भएको जनाइएको छ। कसैले कोहीसँग पनि सम्पर्क गर्न नसकिरहेको जनाइएको छ। यद्यपि आधिकारीक रूपमा दाउदलाई के भएको भनेर जानकारी भने दिइएको छैन। भारतीय सञ्चारमाध्यमले भने उनलाई कसैले विष दिइएको र त्यो उनको सबैभन्दा नजिकको हुन सक्ने अड्कल गरेका छन्। उनलाई शनिबारनै अस्पताल लगिएको हुन सक्ने जनाएको छ। अस्पतालमा दाउद रहेको फ्लाटमा अन्य कुनै बिरामी भर्ना गरिएको छैन। डाक्टरबाहेक परिवारका सदस्यलाई मात्रै त्यो तल्लामा जान अनुमति दिइएको जनाइएको छ। दैनिक भास्करले भने केन्...