डाटा लोड हुँदैछ...

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो


 चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ।

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो। यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ।

भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएकाे प्रत्यक्षदर्शीले बताएका छन्। गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ।

प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजारभन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ।

रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको , छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर