बारामा बुधवार दुई दुर्घटनामा पाँचजनाको ज्यान गयो, २८ जना घाइते
वीरगञ्ज, ४ पुस। बारामा बुधवार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर छ। निजगढ नगरपालिका स्थित भमरामा आज दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएको छ। दुर्घटनामा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रौतहटबाट निजगढतर्फ आउदैँ गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५–००१ प ५४९७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन्। बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन्। घाइते उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भईरहेको छ। घटनावारे थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ। यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगन्जको तीन नम्बर पुल नजिक बस र ट्रक एकापसम...