डाटा लोड हुँदैछ...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाईते

सिमराः बाराको महागढीमाई नगरपालिका ९ स्थित थलही पुलमा सोमबार राती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।

पचरौता नगरपालिका ९ कुरवाबाट कलैयातर्फ जादै गरेको बा८४प ५६४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना हुँदा सोही ठाँउका २२ वषीय रामनिवास प्रसाद यादवको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सिम्रौनगढ ८ का शिवचन्द्र प्रसाद यादव र सिम्रौनगढ ४ का अध्यानन्द यादव घाईते भएका छन् । घाईतेमध्ये शिवचन्द्रको अवस्था गम्भिर रहेको छ । मोटरसाइकलमा तीन जना सवार रहेका थिए ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर