पर्सा क्लब–११ द्वारा भारत, यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित
वीरगंज, ५ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११ माथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने १६.३ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । पर्साका लागि दुई ब्याट्सम्यानले मात्र दाहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल शाहले १८ रन बनाए । उनले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले १२ रन बटुले । उनले २० बलमा एक छक्का पनि प्रहार गरे । त्यसअघि सन्दीपले तीन विकेट पनि लिएका थिए । पर्साका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर इमरान शेख शून्य रनमै आउट भए भने हासिम अन्सारी पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सुरज पटेल चार रनमा आउट भए भने पवन सर्राफले खातासम्म खोल्न सकेनन् । नसरुद्दिन अन्सारीले आठ रन...