डाटा लोड हुँदैछ...

नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित, समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्ने


काठमाडौँ  आइतबार, ०३ असार २०८०। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता नेपाल जिम्बाबेसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको हो ।

२९१ रनको लक्ष्य जिम्बाबेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २९० रन बनाएको थियो ।

नेपालका लागि  कुशल भुर्तेल ९९ रन र  आसिफ शेख ६६ रन बनाएका थिए । यस्तै कुशल मल्ल ४१ र रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

गुल्सन झा १३ रन, आसिफ शेख १०, दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । यस्तै भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट भए ।

अब समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर