डाटा लोड हुँदैछ...

काँटवासीमाई गढीमाईको दिदी हो त्यसकारण दर्शन गर्न आउनुहोला - नगरप्रमुख उपेन्द्र प्रसाद यादव


बारा २८ मंसिर। 

बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला मङ्सिर २७ गतेदेखि सुरु भएको छ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले मेलाको उदघाटन गरेका हुन् । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले काँटवासीमाईको मेला पञ्चवर्षीय मेला भएको बताउनुभयो। उहाँलाई मेलामा सहभागी हुन सबै भक्तजनहरूलाई आग्रह गर्नु भयो । उहाँले काँटवासीमाइ गढीमाईको दिदी भएकोले गढीमाईको मेला लाग्नुभन्दा एक वर्ष अगाडि काँटवासीमाईकोको मेला लाग्ने गरेको बताउनुभयो।  उहाँले यो प्रकृतिको देन हो, बाँसमा काटा फलेको छ त्यसकारण यसलाई काँटवासी भनिन्छ र काँटवासीमाईको उत्पत्ति भएकोले नै  काँटवासीमाईको मेला लाग्ने गरेको बताउनुभयो।  

उहाँले भन्नुभयो माता गढीमाईको जेठो बहिनी हो काँटवासीमाई । काँटवासीमाईको महिमा अपरम्पार छ।  जुन मान्छे आफ्नो सफा मनले जुन पनि भाकल गर्छ र त्यो भाकल पूरा गर्नको लागि यो मेलाको प्रत्येक पाँच वर्षमा लाग्ने गरेको छ।  लाखौको संख्यामा काँटवासीमाईको मेला भर्न आउने गरेका छन्।  छिमेकी राष्ट्र भारतदेखि नेपालको कुनाकुनाबाट लाखौं भक्तजनहरु यहाँ आउने गरेका छन्। 

मन्दिरमा बलि चढाइन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो हिन्दू धर्ममा माता शक्तिपीठमा भाकल अनुसार बलिदान गरिन्छ।  कसैले प्रसाद चढाउँछ, कसैले खसी बोका राँगा चढाउने गर्छ।  हामी कसैलाई बलिदान गर भन्न चाहदैन।  भाकल पूरा हुनेहरुले नै बलिदान गर्ने गरेका छन्। 

 हामी व्यवस्थापन गर्ने पक्ष  हौ।  यो मेला समितिको कर्तव्य पनि हो।  पुष ३ गते अन्तिम मेला लाग्ने गरेको छ त्यस दिन पञ्चबलि हुने गरेको छ र त्यसदिन सर्वसाधारणले पनि खसी बोका राँगाको बलि चढाउने गर्छन्।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भन्नुभयो मेला व्यवस्थापनको लागि हामीले अस्थायी पाल, त्रिपाल, अस्थायी शौचालयको व्यवस्था गरेका छौं।  मेलामा थुप्रै होटल व्यवसायहरू खोलिएको छ।  

गढीमाई मेला जस्तै कटवासी माईको मेलाको पनि हामीले व्यवस्थापन गर्ने तयारी गर्दैछ ।  गढीमाई आउने भक्तजनहरूलाई आग्रह गर्दछौ कि काँटवासीमाईको मन्दिरको पनि दर्शन गर्नुहोला,  किनभने यी दुवै दिदीबहिनी हुन्।  दुवै दिदीबहिनीको एकै पटक आशीर्वाद पाउँदा भक्तजन हरूको पनि भाकल पूरा हुन सक्छ । 

गएको पाँच वर्ष अगाडि पनि तपाईँ महागढीमाई नगरपालिकाको नगर प्रमुखमा विजयी हुनुभएको थियो। त्यतिबेला पनि तपाईंले मेला लगाउनुभएको थियो। मेला सम्पन्न भएर पनि तपाईंले काँटवासीमाईको मन्दिर निर्माण गराउन खोज्नुभएन भन्ने प्रश्नमा नगर प्रमुख उपेन्द्रप्रसाद यादवले भन्नुभयो - हामीले मन्दिर बनाउनको लागि प्रयास गरेका हौँ। 

सानो रकमले मन्दिर बन्दैन, मन्दिर बनाउनको लागि ठूलै रकमको आवश्यकता पर्छ। त्यसकारण पहिलाको मेरो कार्यकालमा खास गरेर भन्नुहुन्छ भने तीन तहको सरकार तीन रंगिया सरकार भयो।  स्थानीय सरकार कांग्रेस सरकारको भयो।  मधेसी सरकार मधेस सरकारको भयो।  केन्द्र सरकार एमालेको सरकार बन्यो त्यसकारण म पटकपटक काँटवासीमाई  र गढीमाई मन्दिरको लागि गुरुयोजना बनाएर डिपिआर बनाएर ठाउँ ठाउँमा पहल गर्न खोजे तर कुनै पनि सरकारले सहयोग गरेन।  स्थानीय सरकारबाट मन्दिर बनाउनको लागि कति कोष लाग्छ र अहिलेको युगमा मन्दिर बनाउन निकै चुनौती छ। मन्दिर युनिक हुनुपर्यो माताको नाम अनुसार मन्दिर बनाउनु पर्यो।  त्यसकारण मैले गत वर्ष मन्दिर बनाउन सकिन तर यसपालि हामीले मन्दिर बनाउन कोसिस गर्नेछौं।  काँटवासीमाई मन्दिरसम्म पुग्नको लागि हामीले रोड बनाएका छौं, पर्खाल निर्माण, टावर लाइट निर्माण गरेका छौं, विद्युतीकरण गरेका छौं, मन्दिरको व्यवस्थापन गरेका छौ।  जति गर्न सकेका छौं त्यो गरेका छौं।  मन्दिर र मेलालाई भव्य र सभ्य बनाएका छौं।  त्यसकारण आगामी दिनमा हाम्रो योजना बनिसकेको छ गुरु योजना तहत कटवासीमाईको मन्दिर निर्माण हुनेछ।  मेरै अवधिमा काँटवासीमाईको मन्दिर निर्माण हुनेछ। हामीले मनोरञ्जनक कम लगाएका छौं सिमित लगाएका छौं जग्गा पनि पहिला ५०० मा भाडामा दिन्थ्यो तर यसपालि ३००मा दिएका छौँ। यो सबै गर्नुको पछाडि व्यापारीलाई हामीले प्रोत्साहन गर्न गरेका हौं यस ठाउँको विकासको लागि बढी कर लगाएर केही फाइदा हुने छैन।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर