डाटा लोड हुँदैछ...

जुत्ताभित्र आधा किलो सुन तस्करी गर्ने दुईजना पक्राउ

काठमाडौं २९ मंसिर ।  आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन्।

चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४५० ग्रामको सुनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुनको ब्रास्लेट ९ थानसहित करिब ४० ग्राम सुनसहित भारतका सिङ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङले झोलाभित्र लुकाएर सुन ल्याइरहेका थिए।

दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर