डाटा लोड हुँदैछ...

विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नागरिकता पाउने व्यवस्था अनुचित

काठमाडौँ  ३ पुष २०८०, मंगलवार  । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता पाउने व्यवस्थाप्रति राम्रो नभएको बताएका छन् । मङ्गलवार राजधानीमा भएको एक कार्यक्रममा उनले विवाह लगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादकाबीच बनेको बताएका हुन् ।

उनले भने,  'विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बिच पास भएको छ ।' भारतमा विवाह भएर गएर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता प्राप्तिको प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था रहेको पनि स्मरण गरे ।

उनले भने, 'ठुलो जनसङ्ख्या भएका छिमेकी छन् । छिमेकीसँग कहिलेकाहीँ हुने खटपटले भोलि समस्या ल्याउँछ कि, भोलि राष्ट्रियतामा खलल पुर्‍याउँछ कि भन्ने आशङ्का गरिन्छ ।'

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर