डाटा लोड हुँदैछ...

मधेस प्रदेशमा भ्रष्टाचार अन्त्य गर्छु –  नवनियुक्त मुख्यमन्त्री यादव


वीरगंज, २८ पुस । 

मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवले मधेसको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

सञ्चारकर्मीसंग कुराकानीको क्रममा मुख्यमन्त्री यादवले मधेसमै मधेसवादी दल कमजोर नभएको बताउँदै  मधेसवादी दल कमजोर भएको भए आज म मुख्यमन्त्री नहुने बताए । न मधेसवादी दल कमजोर भएका छन्, न मधेसको मुद्दा कमजोर हुन्छ उनले भने, मधेसका मुद्दाहरूलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्ने बताए ।

उनले आफ्नो काम र अरूको काममा फरक हुने बताए । सबभन्दा पहिला मधेस प्रदेशमा भ्रष्टाचारीलाई गुञ्जायस नहुने ठोकुवा गरे । 

उनले अहिलेसम्म कुनै पनि मन्त्रालयको बाँडफाँड भएको बताउँदै मधेस प्रदेशमा १० वटा मन्त्रालय छ त्यसैलाई निरन्तरता दिने बताए । उनले सरकारमा विभिन्न विचार बोकेका दल रहेको बताए । सबै दलका नेता तथा प्रदेश सांसदहरूसँग सहकार्य गरेर सबैको मुद्दा तथा विचार समेटिने गरी राम्रो रोडम्याप बनाएर अगाडी बढ्ने बताए ।


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर