डाटा लोड हुँदैछ...

पटेर्वासुगौलीको निचुटामा अनौठो शिवलिङ्ग भेटियो

वीरगंज, २१ कात्तिक । 
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ मा पर्ने गाउँँ निचुटामा शिवलिंग भेटिउको छ । शनिवार एकादशीको दिन विहान साढे १० बजे अदभूत शिव लिङ्ग भेटिएपछि सो ठाउँमा अहिले मेला लागेको छ । सोमवार पनि सयौं भक्तजनहरु शिवलिंग हेर्न पुगेका थिए । 
गाउँकै एक जना खर काट्ने व्यक्तिले शिवलिंग पत्ता लगाएका हुन् । निचुटादेखि हरपुर जाने सडकखण्डको दक्षिण तथा भुलवाही खोलाभन्दा पुर्वमा उक्त शिव लिङ्ग भेटिएको हो । गाउँँका देवनारायण साह गोढले खर काटने क्रममा लिङ्ग देखेपछि गाउँलेलाई खबर गरेका थिए अहिले त्यहाँ टेन्ट पण्डाल लगाइएको छ । लिङ्गमा नाग, जनेउ तथा चन्द्रको चिन्ह देखिएको स्थानीयले बताएका छन् । 
शिव लिङ्ग भेटिएपछि दाताहरूले सहयोगमा सो स्थानमा मन्दिर निर्माण गर्ने काम शुरु भइसकेको छ । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर