कठमडम हनद फलम चलन नदन मयर बलनक चतवन
काठमाडौं ,३२जेष्ठ : काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र कुनै पनि हिन्दी फ्लिम चल्न नदिने चेतावनी दिएका छन् ।
मेयर शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन, ‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाण्डाै महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
मेयर शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द सच्याउन तीन दिनकाे समय दिएका छन् ।

The post काठमाडौंमा हिन्दी फ्लिम चल्न नदिने मेयर बालेनकाे चेतावनी appeared first on Madhes Khabar.
Comments
Post a Comment