डाटा लोड हुँदैछ...

बारा मालपाेत कार्यालयका दुई खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज ,२९जेष्ठ : १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका मालपोत कार्यालय बाराका दुई जना खरिदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सोमबार विशेष अदालत काठमडौँमा खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो।

साह र कुशवाहाले जग्गा रजिष्ट्रेशनका लागि सेवाग्राहीसँग १५ हजार घुस माग गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले दुबै जनालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा दुबै जनाले घुस लिइ भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।साभार: देशसञ्चार

The post बारा मालपाेत कार्यालयका दुई खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर