डाटा लोड हुँदैछ...

समवरत बजर रकसलम भर भनद नर बलय

वीरगन्ज ,३२जेष्ठ: ५ महिनाको अन्तरालपछि नेपाल तथा भारतका सीमावर्ती बजारहरूमा फेरि भारतीय रुपैयाँ (भारु)को तुलनामा नेपाली रुपैयाँ (नेरु) बलियो भएको छ । दुई सातायता वीरगन्ज र सीमावर्ती भारतीय बजार रक्सौलमा समेत नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।

वीरगन्जका व्यापारीहरूले हाल पनि ग्राहकबाट सकेसम्म भारु लिन मानिरहेका छैनन् । सामान्य अवस्थामा सबैभन्दा बढी भारु लेनदेन हुने वीरगन्जका प्रायः सबै पेट्रोल पम्पले अहिले सूचना नै टाँसेर भारु नलिने बताएका छन् ।

भारत सरकारले हालै २ हजार दरको भारु नोटबन्दी गरेपछि पनि वीरगन्जका व्यापारीहरू भारुमा विनिमय गर्न हच्किएको हुन सक्ने वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् ।

‘स्थिति सामान्य हुँदा वीरगन्जका व्यापारीहरूका लागि भारु आकर्षण नै हुन्थ्यो,’ उनले भने, ‘तर हाल रक्सौलमै भारु कमजोर भएको छ, त्यसमाथि भारु २ हजारको नोटलाई भारत सरकार आफैंले बजारबाट फिर्ता लिने घोषणा गरिसकेको छ । त्यसैगरी भारुका अन्य दरका नोट पनि भारत सरकारले बजारबाट फिर्ता लिने घोषणा अचानक गर्न सक्ने त्रासले भारु नोट लिन व्यापारीहरू हच्किएका हुन सक्छन् ।’

हाल वीरगन्ज र रक्सौलमा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँसम्म झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुने गर्छ ।साभार:इकान्तिपुर

The post सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर