ठोरी देश विकासको लागि कोशेढुङ्गा साबित हुने
वीरगंज २३ माघ । पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरीको विकास दिन दुर्ई गुणा रात चौगुणा हुँदै गएको छ। ठोरीमा हुलाकी राजमार्ग पुगेपछि ठोरीको बिकासले गति लिएको हो। अहिले बन्द अवस्थामा रहेको ठोरी नाका खुलाउन चौतर्फी माग छ।
बाग्मती प्रदेशको भारतको सीमानजीक ठोरी नै हो । बाग्मती प्रदेशको चीनसँग सिमाना जोडीएको र ठोरी नाका खुले भारतको सीमानाकासँग नजिक हुने र प्रस्तावित उत्तर–दक्षिण सडक पनि बाग्मती प्रदेशको मध्य भएर निर्माण हुने भएपछि सडक सम्पर्कले चीन र भारतलाई जोडने भएकोले पनि ठोरी नाका प्रदेशको लागि मात्र नभई देश बिकासको लागि समेत कोशेढुङ्गा साबित हुने विज्ञहरु बताउँदै आएका छन् ।
परापूर्वकालमा नेपालको प्रमुख नाका ठोरी नै थियो । वीरगंज नाका खुलेपछि ठोरी नाका ओझेलमा परेको हो । बाटोघाटोको सुबिधा नहुनुले पनि ठोरी विकासमा पछि पर्दै गएको थियो । चारैतिरबाट नदीले घेरिएको, बर्षा लाग्नासाथ आवतजावत बन्द हुने भएकोले पनि ठोरी सरकारी उपेक्षाको शिकार बन्दा बिकास निर्माणको काम समेत भएन र सुगम जिल्लाको दुर्गम स्थान भएको थियो ।
देशमा बहुदलीय व्यवस्था पुनस्र्थापित भएपछि ठोरीमा छोटी भन्सार स्थापना भएको थियो । भन्सार स्थापना भएपछि ठोरी–माडीको ब्यापार फस्टाएको थियो । वीरगंज नाका भएर आयात–निर्यात गर्ने चितवनबासीले ठोरी नाका प्रयोग गर्न थालेका थिए । चितवनको मात्र नभई अन्य पहाडी जिल्लाका ब्यापारीहरूले पनि ठोरी नाका प्रयोग गर्न थालेका थिए । देशमा माओवादीको जनयुद्ध शुरू भएपछि ठोरी नाका बिस्थापित भएको थियो । त्यसपछि बिस्थापित नाका पुनः स्थापित भएको छैन ।
ठोरी नाकामा राजश्व बुझ्ने निकाय नहुँदा त्यस भेगकासहित चितवनका जनताले गैरकानुनी रूपमा भारतबाट मालसामान आयात गर्नु परिरहेको छ । त्यस्को फाइदा तस्कर सीमावर्ती शसत्र प्रहरी, नेपाल प्रहरीले तस्करसँग मिलोमतो गरेर फाइदा उठाउदै आएका छन् । स्थानीय जनता भन्छन् हामी राजश्व तिरेर मालसामान झिकाउछौ तर राजश्व बुझ्ने निकाय नहुदा ठोरी नाका तस्करहरूको अखाडा बन्न पुगेको छ । स्थानीयले नाका खोल भनेर माग गरेको कयौ वर्ष बितिसकेको छ तर पनि सरकारले सुनुवाइ गरेको छैन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा मेची महाकाली अभियानका क्रममा ठोरी माडी पुग्दा त्यहाँका जनता राजनीतिक दलका नेताहरूले ठोरी नाका खुलाउन पहल गरिदिन आग्रह गरेका थिए ।
त्यसैगरी ठोरी माडीका बासिन्दाले ठोरी नाका खुलाउन माग गर्दै आए पनि सरकारले सुनेको छैन । अझ पनि सरकारले सुन्दैन भने राज्यको राजश्व सङ्कलन प्रभावित हुने नै छ । वाग्मति प्रदेशको बिकासमा पनि अवरोध आउने निश्चित छ । सरकारले तदारूकताको साथ सुविधाजनक नाकाको कार्यालय निर्माण गरि सञ्चालन गर्न आवश्यक छ ।

Comments
Post a Comment