डाटा लोड हुँदैछ...

वीरगन्जमा नाला सफा गर्दा भेटियो १०५ राउण्ड गोली

वीरगन्ज ,२८जेष्ठ : वीरगन्ज महानगरपालका वडा नम्वर ६ स्थित नाला सफाई गर्ने क्रममा आइतबार बिहान ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरुले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो ।

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

फेला परेको मध्ये ४ वटा गाेली बिग्रेकोअवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।

उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन ।यसबारे अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक शाहले बताए ।

नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए । गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै गाेली भेटिएको स्थानमा पुगेका थिए ।

The post वीरगन्जमा नाला सफा गर्दा भेटियो १०५ राउण्ड गोली appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर