डाटा लोड हुँदैछ...

पन नपरद बयडम सकन थलय धनक बउ

मधेसखबर
वीरगन्ज,१ असार : मधेसका खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानहरुले बताएका छन् ।

असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पर्साको सखुवाप्रसौनी गाँउपालिका ३ का किसान धर्मनाथ यादवले बताए ।

“समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन दिनमै तीनपटक पम्पीसेटबाट पानी पटाउनु परेको छ”, उनले भने । यादवका अनुसार खडेरीका कारण ब्याडको बीउ जोगाउन दिनहुँ तीन पटक पानी पटाउनु परेको छ ।

“ब्याडमा सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ”, उनले भने , खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।”

हिले ब्याड बनाएर बीउ राख्ने चलन रहेको भएपनि यसपाली लामोसमय देखि खडेरी परेकाले किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन । यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको छ ।

लामो समयदेखि पानी नपरेपछि नहरमा पानी सुकेको छ भने जंगल छेउका गाँउका कुलोपनि पानीको बहाव घटेको छ

महँगो मूल्यमा बजारका एग्रोभेटबाट बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् । वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् ।

खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ ।

The post पानी नपर्दा ब्याडमै सुक्न थाल्यो धानको बीउ appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर