डाटा लोड हुँदैछ...

सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध

बीरगन्ज,३ पुस तनहुँको आँबुखैरेनीस्थित खानिखोलामा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो । सडकमा ठूलो खाल्डो परेको छ । अवरुद्ध पृथ्वीराजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

The post सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर