डाटा लोड हुँदैछ...

वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित)

मधेसखबर
वीरगन्ज ,०८ पुस: वीरगन्ज महानगरपालिकाले छात्रवृतिको नतिजा सार्वजनिक गरेको छ ।कक्षा ९ र कक्षा ११ को छात्रवृत्तीको लागि लिइएको परीक्षाको योग्यताक्रम अनुसार बिहीबार नतिजा प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगन्ज महानगरपालिकामा रहेका संस्थागत माद्यामिक विद्यालयमा कक्षा ९ र ११ मा पूर्ण निःशूल्क छात्रवृतिमा अध्ययन गर्नका लागि आवेदन फारम भरेर दिएको परीक्षाको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशन गरिएको नतिजाकाे नामावलीमा सामुदायिक र संस्थागतमा जेहेन्दार, विपन्न, जनजाती, दलित, अपाङ्ग, पुरुष तथा महिलाहरुलाई समेटिएको छ ।

The post वीरगन्ज महानगरपालिकाले सार्वजनिक गर्याे छात्रवृत्तिको नतिजा (नामावली सहित) appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर