एमालेले ‘धोखा’ दिएको जसपा बाराको निष्कर्ष
बारा,०१ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए ।
बाराको २ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताए । दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे ।
‘एमालेले मतदान गरेको भए अझै बढी मतले चुनाव जित्न सक्थेँ, उनले भने, ।
‘एमालेले धोका दियो नै आफ्नो पार्टीका कतिपय नेताले पनि धोखा दिएका छन् ।’ जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शंकर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ ।
रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए । सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए ।
समीक्षा बैठकले प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउने नेता यादवले बताए ।
The post एमालेले ‘धोखा’ दिएको जसपा बाराको निष्कर्ष appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment