बीरगन्ज महानगरको गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण छ : प्याब्सन पर्सा
बीरगन्ज, ६ पुष-निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन पर्साले बीरगन्ज महानगरपालिकाले गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण रहेको जनाएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्याब्सन पर्साले आफ्नो प्रतिनिधित्व नभएको र राय परामर्श समेत नलिई बीरगन्ज महानगरपालिकाले निजी विद्यालयहरुको वर्गीकरण र शुल्क निर्धारण गरेको भन्दै सो मान्य नरहेको जनाएको छ । शिक्षा नियमावली २०५९ र बीरगन्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीमा समेत भएको कानुनी व्यवस्था अनुसार विद्यालय वर्गीकरण र शुल्क निर्धारण समितिमा आफ्नो प्रतिनिधित्व नभएको जिकिर प्याब्सन पर्साको छ ।
यस्तै, बीरगन्ज महानगरपालिकाको स्थानीय शिक्षा नियमावलीको नियम ९७ को क मा संस्थागत विद्यालयहरुले लिने शुल्कका लागि संघीय र प्रदेश कानुनले तोकेको मापदण्ड बमोजिम शैक्षिक सत्र शुरु हुनु भन्दा तीन महिना अगावै आउने शैक्षिक सत्रको प्रस्तावित शुल्क पेश गर्नुपर्ने व्यवस्था छ ।
तर बीरगन्ज महानगरपालिकाले शैक्षिक सत्रको बीचमा आएर गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण बिकुल्लै त्रुटिपूर्ण रहेको तथा यसले विद्यालय संचालक र अभिभावक वर्गका बीचमा तनाव र अन्यौलताको वातावरण सिर्जना गरेको प्याब्सन पर्साको ठहर छ ।
The post बीरगन्ज महानगरको गरेको विद्यालय वर्गीकरण र शुल्क निर्धारण त्रुटिपूर्ण छ : प्याब्सन पर्सा appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment