डाटा लोड हुँदैछ...

पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ

मधेसखबर
वीरगन्ज ,११ पुस : पर्सामा लागु ओैषध गाजा सहित एक भारतीय युवक पक्राउ परेका छन् ।

पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर ४ भलुवाही खाेलाकाे बाँध नजिकैबाट भारत बिहारकाे पुर्वी चम्पारण घर भएका २६ वर्षिय सानू पासवान चार किलाे गाजा सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीका प्रहरी निरिक्षक किशाेर आचार्य नेतृत्वको टाेलीले बी आर ०५ एन ७१०३ नम्बरको माेटरसाइकलमा सव पासवानलाई राेकेर चेकजाँज गर्दा ४ किलाे गाजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

The post पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ appeared first on Madhes Khabar.


Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर