डाटा लोड हुँदैछ...

जथाभावी सवारी पार्किङ नगर्ने बीरगन्ज महानगरको अनुरोध

बीरगन्ज,०२ पुस । बीरगन्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कामलाई तिब्रता दिएको छ ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ ।

एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए ।

‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा वेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा पनि असहज भएको थियो,’ उनले भने, ‘महानगरले सु? गरेको अभियान अन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’

अहिले महानगर र सरोकारवालाह?को सकृयतामा घण्टाघरदेखी नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउठाउँमा बोर्ड राखिएको भन्दै उनले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उनले बताए ।

महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

शनिबार अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई तथा बृक्षारोपण संयोजक जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक मल्ल, वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु, महानगरका सरसफाई प्रमुख सरफुद्धीन मियाँ, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

The post जथाभावी सवारी पार्किङ नगर्ने बीरगन्ज महानगरको अनुरोध appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर