डाटा लोड हुँदैछ...

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर

रौतहट,०४ पुस । चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २ -०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

The post रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, एक गम्भीर appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर