एसइई परीक्षा फारमको नाममा सामुदायिक विद्यालयमा ब्रम्हलुट
बीरगन्ज, ३ पुष- सामुदायिक विद्यालयहरुले एसइई परीक्षाको नाममा ब्रम्हलुट मच्चाएको खबर प्राप्त भएको छ । एसइई परीक्षाका लागि परीक्षामा फारम भर्न परीक्षा बोर्डले पाँच सय रुपैंया तोके पनि सामुदायिक विद्यालयहरुले फारमको बहानामा ब्रम्हलुट मच्चाएका छन् ।
पर्साको भिस्वास्थित रहेको मंगल माध्यमिक विद्यालयका विद्यार्थीहरुले परीक्षा फारमका लागि पाँच सय रुपैंया तोकिए पनि विद्यालयले भने आफुहरुसँग आठ सय रुपैंया मागेको गुनासो गरेका छन् । यस वर्ष हुने एसइई परीक्षामा सहभागी हुनका लागि केही दिन अघि मात्र परीक्षा आवेदन फारम खुल्ला गरिएको छ ।
सूचना बमोजिम हाल सबै विद्यालयहरुले विद्यार्थीहरुलाई धमाधम फारम भराईरहेका छन् । तर मंगल माविमा पाँच सय साटो आठ सय मागेर ब्रम्हलुट मच्चाइएको विद्यार्थीहरुको गुनासो छ । त्यसमा पनि फारमका लागि दिइएको पैसाको कुनै रसिद नदिएको विद्यार्थीहरु बताउँछन् ।
यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापकसँग बारम्बार गुनासो गर्दा समेत कुनै सुनुवाई नगर्दा विद्यार्थी दुखित तथा आक्रोशित छन् । त्यसैगरी, वडा अध्यक्ष मौजिलाल साह कानुसँग विद्यालयमा भईहरको ब्रम्हलुट सम्बन्धमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नगरेको एक अभिभावकले बताए ।
The post एसइई परीक्षा फारमको नाममा सामुदायिक विद्यालयमा ब्रम्हलुट appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
Comments
Post a Comment