डाटा लोड हुँदैछ...

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,०८ पुस । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो ।

उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । २०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चले मुद्दा दर्ता भएको झन्डै साढे ७ वर्षपछि अघिल्लो फैसला उल्टाएर यादवलाई दोषी ठहर गरेको हो । पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो । सजाय भने निर्धारण हुन बाँकी छ।

The post नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर