Posts

Showing posts from March, 2024
डाटा लोड हुँदैछ...

जीतपुरसिमरा गोल्डकप चैत २४ देखि

Image
वीरगंज, १८ चैत/ जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकप यही चैत २४ गतेदेखि सञ्चालन हुने भएको छ । नवजनजागृति युवा क्लबले आइतवार पत्रकार सम्मेलन गरी जगदम्बा स्टील जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत २४ देखि शुरू हुने जानकारी गराएको छ । क्लबका अध्यक्ष्F रामचन्द्र लामाले जीतपुरसिमरा उपमहानगर अन्तर्गत सिमरा रङ्गशालामा चैत २४ गदेदेखि प्रतियोगिता आयोजना गर्ने र वैशाख ३ गते समापन हुने बताए । उनले यसपटकको प्रतियोगितामा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेडसहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब गरी 'ए' डिभिजनका पाँचवटा टीम सहभागी हुने जानकारी दिए । यसैगरी, प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर–११ हेटौंडा, वीरगंज युनाइटेड क्लब, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृति युवा क्लबसहित १० वटा टीमको सहभागी हुने अध्यक्ष लामाले जानकारी गराए । प्रतियोगिताका विजेतालाई १० लाख नगद तथा उपविजेतालाई पाँच लाख नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने र विधागत पुरस्कारतर्...

गहवामाईको निसान र डोलीयात्रामा सहभागी हुन आह्वान

Image
वीरगंज, १९ चैत ।  गहवामाई सञ्चालक समितिले आइतवार पत्रकार सम्मेलन गरी पहिलोचोटि हुन गइरहेको निसानसहितको डोलीयात्रामा सहभागिताको लागि आह्वान गरेको छ । गहवामाई सञ्चालक समितिका अध्यक्ष नरेन्द्र शाहले आगामी वैशाख ४ गते बेलुका ४ बजेदेखि गहवामाई मन्दिरको निसानसहितको डोलीयात्रा निकालिने भएकोले यात्रामा नगर र बाहिरका सम्पूर्ण भक्तजनलाई सहभागिता जनाएर सफल पार्न आग्रह गरे । पत्रकार सम्मेलनमा विजय उपाध्याय, धु्रव नेपाल, गणेश साह, दिना गुप्तालगायतको सहभागिता थियो ।

नेपाल–भारत–पाकिस्तानमा ठगी गर्ने गिरोह वीरगंजबाट पक्राउ

Image
वीरगंज, १८ चैत । कल सेन्टर स्थापना गरी अनलाइन ठगी गर्ने गिरोहका चिनियाँ नागरिक सहित तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ । वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मनवा स्थित नन्दू पटेलको दुर्ई तल्ले घर भाडामा लिई अनलाइनको माध्यमबाट ठगी गर्न स्थापना गरिएको कल सेन्टरमा प्रहरीले छापामारी गरी दुर्ई चिनिया नागरिकलाई पक्राउ गरेको हो । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेलको घरमा छापामारी गरी अनलाईन ठगीका लागी स्थापना गरिएको कल सेन्टरबाट ६० थान भन्दा बढि कम्प्युटर तथा ल्यापटप लगायतका उपकरणका साथै टेबल, कुर्सी र केही मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले शनिवार बिहान वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवाबाट दुर्ई जनालाई पक्राउ गरी अनुसन्धान गर्दै जाने क्रममा चिनिया नागरिक पनि पक्राउ परेको बताइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार बिक्रम थापाले कल सेन्टर स्थापना गरी अनलाईन (वाट्सएप) मार्पmत सर्वसाधारणलाई चिठ्ठा परेको भनी फोन र म्यासेज गरी ठगी गर्ने कार्य गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खु...

दुईवटा नोटको एउटै नम्बर कुन नक्कली–सक्कली ?

Image
वीरगंज, १७ चैत । नेपाल– भारत सीमावर्ती क्षेत्रमा नेपाली जाली नोट भेटिने क्रम बढदो छ । एउटै नम्बरको दुईवटा एक हजार नोट फेला परेको छ । दुवै नोटमा ज ३५१५६४ नम्बर उल्लेख गरिएको छ । यस दुई नोटमध्ये दुवै नक्कली हो कि एउटा मात्र नक्कली हो यो अनुसन्धानको विषय हुनसक्छ । तर नेपालमा यसरी हजारको जाली नोट भेटिनुले अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्दैआएको छ । 

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

Image
वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो । बारा जिल्ला अदालतबाट अनुमति लिएर कार्कीविरूद्ध थप अनुसन्धान अघि बढाइएको बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाए । सोही वडा निवासी एक सुस्त मनस्थिति बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुर्ई दिनसम्म राखेको पीडित परिवारको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई शुरूमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो ।

प्रश्नपत्र लिक गरेको आरोपमा एकजना पक्राउ

Image
वीरगंज, १६चैत । एसइईको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक विद्यार्थीलाई सिरहाबाट पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई प्रहरीले पक्राउ गरेको हो । गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहाका सिडिओ बासुदेव दाहालका अनुसार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ । शुक्रवार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको बताइएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

Image
काठमाडौँ, १५ चैत : नेपाल 'ए' र आयरल्यान्ड 'ए'बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल 'ए' र आयरल्यान्ड 'ए'बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ । यसअघि आयरल्याण्ड 'ए'सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो । 

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

Image
वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।   वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताउनुभयो । "विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ", उहाँले भन्नुभयो, "चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।" भन्सार कार्यालयले सरदर दैनिक रु ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, क...

एसइई परीक्षा शुरु, पहिलो दिन अंग्रेजी विषयको परीक्षा

Image
वीरगंज, १५ चैत । एसइई परीक्षा –२०८० आजदेखि शुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । एसइईमा पर्साबाट १० हजारभन्दा बढी सहभागी २६ वटा परीक्षा केन्द्र तोकियो  बिहीवारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्साका २६ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ नौ हजार ५२५, प्राविधिकतर्फ १८५, ग्रेडवृद्धितर्फ ५४३ गरी कुल १० हजार २५३ जना परीक्षार्थी सहभागी हुँदैछन् । शिक्षा विकास समन्वय एकाइ कार्यालय, पर्साका अनुसार पर्साका वीरगंज महानगरपालिकामा १२ वटा केन्द्र र १३ वटा पालिकामा १४ वटा परीक्षा केन्द्र तोकिएका छन् । त्रिजुद्ध माविको परीक्षा केन्द्रमा पाँच विद्यालयका ७७१ जना परीक्षार्थी सहभागी हुनेछन् । सो परीक्ष्Fा केन्द्रमा नृसिंह माविका ६२०, प्राविधिकतर्फ ४४, ग्रेडवृद्धितर्पm नौजना परीक्षार्थी सहभागी हुनेछन् भने तेजस्वी एकेडेमीका १०, न्यू वेब एकेडेमीका १९, चिल्ड्रेन माविका १३ र मनकामना माविका ५६ जना गरी ७७१ जना परीक्षार्थी सहभागी हुनेछन् । कन्या मावि परीक्षा केन्द्रमा सातवटा विद्यालयका ३२५ जना परीक्षार्थी सहभागी हुँदैछन् । चिल्ड्रेन माविका पाँच, होलील्यान्ड माविका २३ जना,...

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

Image
वीरगंज, १४ चैत । विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । मुद्दाको आईतवार सुनुवाई गर्दै पर्सा अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएका हुन । बारा कलैया उपमहानगरपालिका–४ बस्ने उमेश साह गोढ (बेहुला) , उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँँपालिका–५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन। फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका–२४ मा आएका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बिहे नै रद्द गरेका थिए। सो क्रममा बेहुली पक्षकाहरूसंग वाद–विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो। उनीहरू बिरूद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा बिबाह समबन्धि कसुरमा मुद्दा दर्ता भएको थियो । 

पूर्वमन्त्री रिजालद्वारा स्वास्थ्य चौकी र नाला निर्माणको शिलान्यास

Image
वीरगंज, १४ चैत । जगरनाथपुर गाँउपालिका–५ धरमपुरमा स्वास्थ्य चौकी भवन र नाला निर्माण कार्यको बुधवार पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य रमेश रिजालले शिलान्यास गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका रिजालले ४५ लाख रुपियाँँको लागतमा स्वास्थ्य चौकी भवनको निर्माण गर्न थालिएको बताए ।   गापा अध्यक्ष श्रीकान्त यादवले मधेस प्रदेश सरकारको २५ लाख र जगरनाथपुर गाँउपालिकाको २० लाख गरी कूल ४५ लाख रुपियाँको लागतमा उक्त स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको बताए । यस्तै प्रदेश सरकारले दिएको ५० लाख र गाँउपििालकाको ९ लाख गरी कूल ५९ लाख रुपियाँँको लागतमा ३ सय १५ मिटर लम्बाईको पक्की नालाको निर्माणपनि गर्न लागिएको यादवले जानकारी दिए । स्वास्थ्य चौकी भवन र नाला दुवैको निर्माण कार्य उपभोक्ता समिति मार्पmत गर्न लागिएको उनले बताए । गाउँँपालिका अध्यक्ष यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिहारी महतो नुनिया, कांग्रेस नेता प्रेम थापा, शिक्षाप्रैमी लालदेव यादव लगायतको पनि उपस्थिति रहेको कांग्रेसका युवा नेता मन्जय गि...

पर्साबाट १० हजारबढी परीक्षार्थी एसइई परीक्षामा सहभागी हुँदै

Image
वीरगंज, १४ चैत । एसइईमा परीक्षामा पर्सा जिल्लाबाट १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको छ । नियमित, प्राविधिक धार र ग्रेडबृद्धि तफ गरी कूल १०,२५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहले जानकारी दिए । नियमित ९ हजार ५२५ जना, प्राविधिकधार १८५ र ग्रेडवृद्धितर्प ५४३ जना परीक्षार्थी एसइईमा सहभागी हुने साहले जानकारी दिए । पर्सामा यसवर्ष गत वर्षको भन्दा यस वर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी हुदैं छन् । गत वर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए । पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीवारदेखि शुरू हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ । यसवर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुर्ई लाख ५० हजार सात सय ७२ छात्रा, दुर्ई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् । देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डल...

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

Image
वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।   फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाई प्रक्रिया बढाएको जनाएको छ ।   १७५ वटा सवारी साधनबाट एक लाख ४५ हजार राजस्व जरिवाना गरी छाडिएको जिप्रका, बाराले जनाएको छ ।   होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १८ जनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । 

नेपाल बहराइनसँग पुनः पराजित

Image
काठमाडौँ, १४ चैतः फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको  चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे । समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो । नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

नक्कली नोटसहित एक जना पक्राउ

Image
१३ चैत २०८०, बाँके । कोहलपुर नगरपालिका-१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने  २२ वर्षीय बिश्वास अधिकारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

होली मनाउन १७ युवा कर्णाली नदीमा हामफाले

Image
१२ चैत, काठमार्डौ । होली मनाउने हिडेका केही युवाहरु कर्णाली पुलबाट सोमबार पालैपालो हामफालेका छन् । सोमबार होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णाली नदीमा हामफालेर हेलिएका हुन । त्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए। होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए। केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले। अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे। कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए। तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्। उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्। यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक ...

असिना पानीका कारण पर्साका गँहु किसानलाई क्षती

Image
वीरगञ्ज  १३ चैत  । गएराती हावाहुरीसँगै परेको असिना पानीका कारण पर्साका ग्रामीण किसानले लगाएका बालीमा क्षति पुगेको छ । पानीका कारण किसानहरुले लगाएका दोस्रो मुख्यबाली गहुबालीमा क्षति पुगेको हो । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला निवासी किसान ढोडा साह तुरहाका अनुसार रातीको बर्षाका कारण गहुका बोटहरु ढल्दा उत्पादनमा कमि आउने आंशका छ । गँहुका बालामा दाना लागेपनि गहु ढलेकाले उत्पादनमा २५ प्रतिशत कमि आउने किसान तुरहाले बताउनुभयो । यसपाली गहुबाली राम्रो भए पनि केही दिनदेखि आएका हावाहुरी तथा बेमोसमी बर्षाका कारण बालीमा क्षति पुगेको किसान तुरहाले बताउनुभयो । गएराती परेको पानीका कारण रविबालीमा पनि क्षति पुगेको छ । रविबाली अन्तर्गत मुसुरो, खेसारी, केराउ तथा आलस उखेलेर सुकाउनका लागि खेतमा राखेका बेला लागातारका बर्षाले कुहिन थालेका किसानहरुले बताएका छन् । गत बुधबार र बिहिवार परेको पानीले भिजेका बाली राती पुनः भिज्दा यी बालीका दानाहरु नै कुहिने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । त्यस्तै पानीका कारण नगदे बालीमा पर्ने सुर्तीमा पनि क्षति पुगेको छ । कतिपय किसानहरुले टिपेका सुर्तीका...

मन्त्री परिषद विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

Image
जनकपुरधाम, चैत्र १० । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार  मन्त्री परिषद विस्तार गर्नु भएको छ । सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाट पद तथा गोपनियताको सपथ लिनु भएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नु भएको हो ।

ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Image
वीरगंज, १० चैत । ग्लोबल मनि विकको अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN),मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल (MBAN), नेपाल उद्योग वाणिज्य महासंघ र विरगंज पब्लिक कलेजको संयुक्त आयोजकमा दुई दिने इन्वेस्टिभल कार्यक्रम सम्पन्न गरेको छ । इन्वेस्टिभल कार्यक्रममा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता,सेमिनार, फाइनेंसियल रैली र सडक नाटक प्रस्तुति गरिएको बिपिसीका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठले जानकारी दिनुभयो । फाइनेंसियल रैली घण्टाघरदेखि माइस्थान मन्दिरसम्म २०० भन्दा बढी विद्यार्थीहरुको सहभागितामा गरिएको र सो रैली माइस्थान मन्दिरमा आएर शक्तिशाली सडक नाटकमा परिणत भएको थियो । सडक नाटकको उद्घाटन भारतीय राजदूतावास वीरगन्जका कन्सुल (पीसीएस) शैलेन्द्र कुमारले गर्नुभएको थियो । त्यस्तै दोस्रो दिनमा मधेस प्रदेश अन्तर कलेज कैपिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरिएको थियो र सो क्विज प्रतियोगितामा मधेस प्रदेशका ३५ कलेज सहभागी रहेकोमा विरगंज पब्लिक कलेज प्रथम,हरि खेतान क्याम्पस र ठाकुरराम क्याम्पस क्रमशः उपविजेता र तेस्रो स्थान हासिल गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि मधे...

गेस्टहाउसबाट चरेससहित तीनजना पक्राउ

Image
वीरगंज १० चैत । वीरगंजबाट १२ केजी चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेका छन् । वीरगंजको घण्टाघर स्थित रहेको नारायणी गेष्ट हाउसबाट दुर्ई जनालाई १२ केजी २ सय ४० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँँपालिका –८ निवासी २९ वर्षीय सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने २२ वर्षीय आरिफ राजा रहेका छन् । सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार शुक्रवार वीरगंज महानगरपालिका वडा नं.–१६ रजतजयन्ती चोक सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुर्ई लाख ५० हजार रुपियाँँ बरामद भएको थियो ।आलम भारतीय बजार रक्सौलबाट वीरगंज आइरहेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको खुलेको थापाले बताए । थप अनुसन्धान गर्ने क्रममा नारायणी गेष्ट हाउसबाट तामा र आरिफलाई चरेस सहित पक्राउ गरेको र तीन जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।'

५० जना दलित बालबच्चालाई निशुल्क ट्युसनको ब्यवस्था

Image
वीरगंज, १० चैत । दलित एकता उत्थान नेपालले ५० जना दलित बालबालिका हरूलाई निशुल्क ट्युसनको ब्यवस्था गर्ने भएको छ ।   वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा  स्थानीय धुरुप राय यादबसमेतको आर्थिक सहयोगमा  संस्थाले उक्त ब्यवस्था गर्न लागिएको हो । शनिवार एक कार्यक्रमका बीच दलित  एकता उत्थान नेपालले उक्त घोषणा गर्दै यसले दलित बालबालिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कार्यक्रममा सहभागी बक्ताहरूले बताए ।    कार्यक्रमका प्रमुख अतिथी धुरूप राय यादबले दलित सशक्तिकरणको पनि परिभाषा फराकिलो हुँदै गएकोमा खुसी  ब्यक्त गर्दै  आफ्नो अधिकार प्राप्त गर्न अझै एक कदम अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा होली मिलन समारोहको आयोजना गरी शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यवसायी संघका केन्द्रिय सचिव एवं पर्साका अध्यक्ष  हरि पन्तले उतिबेला उपल्लो जातिले श्रम गरेकै आधारमा लगाइदियेको दलितको ट्यागबाट अब हटनुपर्ने बताए । उनले शिक्षा र चेतनाको स्तर अभिवृद्धिबाट नै यो सम्भव हुने बताए ।   दिलिप कुर्मी, सुदिश प्रजापती, जितेन्द्र मिश्र लगायतको उपस्थिति रहेको कार्यक...

रास्वपाको होली मिलन कार्यक्रम सम्पन्न

Image
वीरगंज, ९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिकाले होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । छिपहरमाई गाउँँपालिका वडा नं १ मिर्जापुर बजारमा होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा होलीको शुभकामना अदानप्रदान गर्नुको साथै एक आपसमा भाइ चारा कायम गरि होलि मनाउन बक्ताहरूको जोड रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि स्थानीय दलित समुदायका ज्येष्ठ नागरिक बनारसी महराको प्रमुख अतिथ्यमा भएको कार्यक्रम पर्सा क्षेत्रनं ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्राको सभापतिवमा सम्पन्न भएको थियो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजका अध्यक्ष्F तथा पार्टीका केन्द्रीय पर्यटकीय विभाग सचिव हरि पन्तले होली पर्व सभ्य र भव्यपूर्वक मनाउन आग्रह गरे । होटल व्यवसायी महासंघका केन्द्रीय सचिवसमेत रहेका पन्तले अहिले होलीमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई होली सभ्य पूर्वक मनाउन आग्रह गरे । जाँड, रक्सी र नशालु पदार्थदेखि टाढा रहेर होली मनाउन तथा धार्मिक सदभाव कायम गर्नसमेत अनुरोध गर्दै उनले होलीमा आपसी द्वन्द्व, वैमनस्यता त...

होली सभ्य र भव्यपूर्वक मनाउन अध्यक्ष पन्तको आग्रह

Image
वीरगंज, ९ चैत । होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजका अध्यक्ष्F हरि पन्तले होली पर्व सभ्य र भव्यपूर्वक मनाउन आग्रह गरेका छन् । शुक्रवार होटल तथा पर्यटन व्यवसायी संघ, वीरगंजले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले होली पर्व उल्लासपूर्वक मनाउन आग्रह गरे । होटल व्यवसायी महासंघका केन्द्रीय सचिवसमेत रहेका पन्तले अहिले होलीमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई होली सभ्य पूर्वक मनाउन आग्रह गरे । जाँड, रक्सी र नशालु पदार्थदेखि टाढा रहेर होली मनाउन तथा धार्मिक सदभाव कायम गर्नसमेत अनुरोध गरे । अध्यक्ष पन्तले होलीमा आपसी द्वन्द्व, वैमनस्यता त्यागेर भाइचारा कायम गर्दै एक आपसमा रङ्ग, अबीर दलेर मनाउन आग्रह गरेका छन् । कार्यक्रममा संघका पदाधिकारीलगायत अतिथिहरुले एक आपसमा रंग, अबीर दलेर शुभकामना साटासाट गरेका थिए । 

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

Image
काठमाडौँ, ९ चैत : बहराइनमा भएको फिफा 'विश्वकप २०२६' छनोट र 'एएफसी एशियन कप २०२७' को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । बहराइन ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह 'एच' मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल अङ्क विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे । खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । त्यसपछि खेलको ८७औँ मिनेटमा...

३८ लाखभन्दा बढीले हेरेको होलीको भोजपुरी लोकगीत

Image
तराई मधेसमा निकै उल्लासपूर्वक मनाइने होली पर्वको लोकगीत,  ३८ लाखभन्दा बढीले हेरेको सुनेको गीतको  रिंगटोन डाउनलोड गर्नुहोस् । होलीको स्पेशल मोबाइल रिंगटोन डाउनलोड गर्नुहोस् 3,898,785 views  8 Feb 2021 Song: LEKE SUTEELE TAKIYEWA Singer: GUDDU RANGILA Music Director: SOHAN LAL Lyrics : GUDDU RANGILA Download क्रेडिट ः युटयुब

विश्वकप छनोट फुटबल : नेपाल र बहराइन भिड्ने

Image
काठमाडौँ, ८ चैत : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि होम एण्ड अवेका दुवै खेल नेपालले बहराइनमा नै खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइनसँग खेल्न आफ्नो टोली उत्साहित रहेको बताउनुभयो । उहाँले नेपालभन्दा बहराइन शारीरिक र मानसिकरुपमा बलियो टिम भएको टिप्पणी गर्नुभयो । प्रशिक्षक एनेसले नेपालको तयारी छोटो समयको भए पनि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उल्लेख गर्नुभयो । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले मलेसियाको टोलीसँग अभ्यास खेल खेलेको थियो । नेपाली टोली मलेसियाबाट सिधै बहराइन गएका हुन् । नेपालले पहिलो चरणको खेलमा लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा पुगेको हो । समूह 'एच' मा  रहेको नेपालले यसअघि दुई खेल ...

वर्षाको कारण परवानीपुर गोल्डकप स्थगित

Image
वीरगंज, ७ चैत ।  वीरगंजमा बिहानैदेखि परेको वर्षाको कारण तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । परवानीपुर खेल मैदानमा पानी जमेपछि दिउँसो तीन बजे देखि हुने वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको शक्ति युवा क्लबले जनाएको छ । आज स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीवार अपरान्ह १२ बजे देखि हुने उनले बताए । यस्तै बिहिवार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए । प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुर्ई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने बताइएको छ ।

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

Image
वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा रहेको बताएका छन् । बुधवार बिहान वीरगंजमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । उनले राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए । उनले राजदरवार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरूलाई चुनौती दिए । बारम्वार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे । दरवार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड, माधव नेपालहरू पटक पटक प्रधानमन्त्री भए । त्यतिबेला दरवार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई  जेलमा हालेनन् ? लिङ्देनको प्रश्न थियो । अध...

मोस्ट वान्टेड भारतीय दुई अपराधीलाई गोली हानी पक्राउ गर्न प्रहरी सफल

Image
जनकपुरधाम, ६ चैत: मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारतकाे बिहार सीतामढी सैयाराग्रामका २८ बर्षिय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट अमेरिकन पेस्ताेल १ थान र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न साेमबार राति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार जितेन्द्रलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले मंगलबार पत्रकार सम्मे...

सुनचाँदी व्यवसायी मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित

Image
वीरगंज, ५ चैत । नेपाल सुन चाँदी व्यवसायी महासङघ मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका छन । जनकपुर स्थित सम्पन्न सङ्घको तेस्रो साधारण सभामा प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका हुन। सम्पन्न निर्वाचन मत परिणाम अनुसार अध्यक्ष रामजी साहले ४१ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी राजेशकुमार साहले २ मत मात्र पाएका थिए । यसैगरी उपाध्यक्षमा भीम बहादुर विश्वकर्मा, देवकृष्ण साह, सचिवमा अनिल कुमार साह र सहसचिवमा दीपेन्द्र ठाकुरलाई साधारण सभाले निर्वाचित गरेको छ। त्यसै गरी कोषाध्यक्षमा विजय कुमार सर्राफ, सहकोषाध्यक्षमा ध्रुब विश्वकर्मा, र सदस्यहरूमा जितेन्द्र गुप्ता, मनोज विश्वकर्मा, अनिल गुप्ता निर्वाचित भएको प्रदेश अध्यक्ष रामजी साहले जानकारी दिएका छन। कार्यक्रममा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डल, नेकपा एमाले प्रदेस अध्यक्ष चन्देशवर मण्डल, महासंघ उपाध्यक्ष भरत अग्रवाललगायतको सहभागिता थियो । 

६ लाख हुन्डीको रकमसहित एकजना पक्राउ

Image
वीरगंज ०५ चैत। पर्सा प्रहरीले हुण्डी करोवारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवार रहेका छन। शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलासी गर्दा उनको साथबाट नेपाली ६ लाख ८२ हजार रुपियाँँ बरामद भएको हो।  यस्तै, प्रतिबन्धित भारू पाँच सय दरको २८ हजार, विभिन्न बैंकको १९ थान चेकबुक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुशन्धान भइरहेको प्रहरीले जनएको छ।

भ्रष्टाचार बढेकोले देशमा सुशासन कायम भएन – डा सिके राउत

Image
वीरगंज, ४ चैत/ जनमत पार्टीका अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउतले अहिलेको सरकारले भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिहरूलाई पक्राउ गरेकामा प्रशंसा गरेका छन् । उनले ठूलाहरूको संलग्नतामा भ्रष्टाचार बढेकोले देशमा सुशासन कायम नभएको बताए । तत्काल चालिएका यी कदमले निरन्तरता पाउनुपर्ने र अकूत सम्पत्ति कमाएका सबैलाई कारबाईको दायरामा ल्याउनुपर्ने माग गरे । वीरगंजमा जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा राउतले केन्द्रीय समितिको बैठकले ११ बुँदे निर्णय गर्दै समापन भएको जानकारी गराए । उनले देश आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योग–व्यवसाय डुब्न नदिन सरकारले ठोस नीति ल्याउनुपर्ने, जसमा ठूला अर्थनीति, पूँजी सुरक्ष्Fित राख्ने नीति, उद्योग–व्यवसाय डुब्न र पलायन हुनबाट बचाउने नीति ल्याउनुपर्ने, सुक्खायाम शुरू हुन लागेको र खानेपानी समस्या सिर्जना हुने बताउँदै त्यसको पूर्वतयारीमा जुट्न सरकारसँग माग गरिएको बताए । किसानलाई समयमा मलको व्यवस्था, कोशी प्रदेशको सीमाङ्कन र नामाङ्कनमा पुनर्विचार गर्नुपर्नेलगायत साङ्गठनिक निर्णय गरिएको उनले बताए । उनले बै...

बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट

Image
वीरगंज, २ चैत । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर–१५ बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।  बिहीवार बसपार्क स्थित सवारी साधन तथा पैदल यात्रीहरू समेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट बिभिन्न सवारी साधनबाट एक हजार तयारी मदिरा बरामद गरी स्थानीयको रोहबरमा पोखेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ । 

आठजना बालकको मुम्बइबाट उद्धार

Image
वीरगंज, २ चैत । जिल्ला प्रहरी कार्यालय, बाराले आठजना बालकको भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । नेपालबाट विभिन्न मितिमा बालकहरू छिमेकी राष्ट्र भारतको मुम्बई शहरमा मजदुरी गरेर बसेको सूचनाको आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।   १३ देखि १७ वर्षभन्दा मुनिका रौतहट जिल्लाका ७ जना र कपिलवस्तु जिल्लाका १ जना गरी ८ जना  बालकहरूलाई बाल कल्याण समिति, बाल हेल्पलाइन लगायत सम्बन्धीत विभिन्न संघ संस्थाहरू र जिल्ला प्रहरी कार्यालय बारा समेतको सहकार्यमा भारतको मुम्बईबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताए ।  उनीहरुलाई बिहीवार अभिभावकको जिम्मा लगाइएको प्रवक्ता न्यौपानेले जानकारी गराएका छन् । 

वीरगंजमा काली कम्बल वाले बाबासंग उपचार गराउन सर्वसाधारणको ओइरो

Image
वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल परिसरमा आएका छन् ।   काली कम्बल वाला बाबाले क्यान्सर, मधुमेह, पक्ष्Fघात, रक्तचाप, पथरी, लुला, बहिरो, अन्धो आदिको उपचार गर्ने  दावी गरिन्छ ।  उक्त बाबा वीरगंजमा आएपछि पर्साको ग्रामीण भेगका बासिन्दाहरु उपचारको लागि बाबाकहां पुगेका छन् । चैत १० गतेसम्म उनको चिनी मिलमा शिविर रहेको र बाबाले छोएको भरमा उपचार हुने बताइन्छ । 

सुनको सिक्री नपाएपछि विवाह भाँडने बेहुलासहित पाँचजनाविरुद्ध प्रहरी कारबाइ

Image
वीरगंज, ३० फागुन  । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जना विरूद्ध  प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाई प्रक्रिया अगाडि बढाएको छ । वीरगञ्ज महानगरपालिका – २४ रामगढवामा सोमवार राति बिहेको मण्डपमा वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो । त्यसमा सङ्लन बेहुला, उनका बुबा, दुर्ई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीकरुै घरबाट सोमवार मध्यरातमा नियन्त्रणमा लिएको थियो । मङ्गलवार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा  बेहुला बाराको कलैया – ४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह, ४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर – ५ का  ४५ वर्षीय को रामएकवाल साहविरूद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । उनीहरू विरूद्ध मङ्गलवार नै पर्सा जिल्ला अदालतबाट दुर्ई दिनको म्याद थप ...

जापानीे अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

Image
टोकियो, २९ फागुन   जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्ड भित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो । "पहिलो काइरोस रकेटको प्रक्षेपण गरिएको थियो, तर प्रक्षेपणपछि प्रविधिक समस्या देखिएपछि यसलाई रद्द गरिएको छ", स्पेस वानद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, "विस्तृत अनुसन्धान भइरहेको छ ।" नजिकैको नदी किनारलगायत सार्वजनिक दृश्यावलोकन स्थलहरूमा भेला भएका सयौं युवा र वृद्ध दर्शकहरूले देखेका नाटकीय दृश्यहरूमा रकेटको  पानी छर्किन प्रयोग गरिने यन्त्र (स्प्रिङ्कलर) ले पानी छ्याप्न थालेपछि जलिरहेको भग्नावशेष जमिनमा खसेको थियो । एक वृद्ध व्यक्तिले सार्वजनिक प्रसारक एनएचकेसँग भन्नुभयो, "मैले यो रकेट प्रक्षेपण...

पहाडमा पुगेर राजेन्द्र महतोले भने– बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ

Image
वीरगंज, २९ फागुन । फागुन २९ गते मंगलवार मकवानपुरको राक्सिराङमा योङ इन्डिजिनिस्ट लिग अन्तर्गतको च्योबाङ राष्ट्रिय बाहिनीको आयोजनामा बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति गर्ने प्रयोजनको निम्ति बृहत सम्वादात्मक कार्यक्रम राजकुमार च्योबाड्ढो अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले यदि यो देश च्योबाड्ढो पनि हो भने च्योबाड्ढो शासन सत्ता हुनुपर्छ कि पर्दैन तर छैन त्यसकारण च्योबाङ राष्ट्रियताले पनि न्याय पाउनु पर्ने मान्यता सहित बहुलराष्ट्रिय राज्य निर्माण प्रक्रियामा यहाँहरूको साथ खोज्न आएको बताए । नेपालको एकीकरण हुदा माटो मिल्यो तर मन मिलाइएन । त्यसकारण स्वदेशवादको यस यात्रामा यहाँहरूको साथ खोज्न आएको छु। कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले च्योबाङ रास्ट्रका जनताले आफ्नो जल, जंगल  र  जमिन माथीको नियन्त्रण कायम गर्न र आफ्नो सत्ता स्थापित गर्न लागि पर्नु पर्ने बताए । कार्यक्रममा यस क्रान्तिका नेता केशव झा,  कमला गुरूङ, सि एन थारू, आर के तामाङ, सनम लिम्बु, नेरूता मोक्तान, भिम बहादुर रूम...

सुनको सिक्री नपाएपछि विवाह रद्द, बेहुलासहित ८ जना पक्राउ

Image
वीरगंज, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए। बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अैा‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए। विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको जन्तीदेखि खुसी बनेका थिए। वरमाला तथा विवाहको सुरुवाती रिवाज मधेसको समुदाय तिर हुने (पर्छावन) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुला साहले बिहे नगर्ने आलटाल गर्न लागेको केटी पक्षको भनाई छ। पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह ब...

आठ किलो गाँजासहित दुईजना पक्राउ

Image
वीरगंज, २९ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्साले करीब आठ किलो गाँजासहित दुईजना पक्राउ गरेको छ ।   वीरगञ्ज महानगरपालिका–९ घण्टाघर तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट सोमवार एकजना वृद्ध गाँजासहित पक्राउ परेका छन् ।   अस्थायी प्रहरी पोष्ट घण्टाघरले सखुवाप्रसौनी गाउँँपालिका–८ जमुनिया बस्ने  वर्ष ५५ को ध्रुव ठाकुरलाई तीन किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ । यसैगरी सोमवार वीरगंज महानगरपालिका–२५ चण्डालचोक स्थित सडकखण्डबाट सशस्त्र प्रहरी वल नेपाल बिओपी ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाले एक किलो ८ सय ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।   विश्रामपुरबाट वीरगंज आउँदै गरेको ना.१३ प ६५९५ नम्बरको मोटरसाईकलमा सवार वीरगंज–१६ फुलवारी टोल बस्ने वर्ष ४५ को ईसलाम मियाँको साथबाट १ के.जी.८०० ग्राम गाँजा बरामद भएको जिप्रका, पर्साले जनाएको छ ।   पक्राउ परेका दुवैजनालाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।   यसैगरी फागुन २३ गते वीरगञ्ज–१६ स्थित रहेको कवाड गोदाममा इलाका प्रहरी कार्यालय नगवाले ५ के.जी.८०० ग्राम गाँजा बरामद गरेको छ ।   कबाड गोद...

बसमा यात्रीलाई बेहोस गरेर लुट्ने भारतीय पक्राउ

Image
वीरगंज, २६ फागुन । बसभित्र यात्रीलाई नशालु पदार्थ खुवाई रकम चोरी गरेको आरोपमा एकजना भारतीयलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । फागुन २३ गते २ः०० बजे बारा, आदर्श कोतवाल गाँउपालिका वडा नं. ८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगंज आउने क्रममा उनलाई भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने वर्ष २७ को अखिलेश कुमार साहले मिठाई र बिस्कुट खुवाई बेहोस पारेर नगद रू. ४१ हजार ५००।– र मोबाईल थान –१ चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । यसबारेमा मुखियाले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजतलासको क्रममा वीरगंज–१६ भानुचोक बाट अखिलेशलाई पक्राउ गरी उनको खानतलासी गर्दा नगद ३७ हजार ४१०।– र चोरी भएको मोबाईल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले साह लाई पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिने म्याद लिई अनुसन्धान गरिरहेको जिप्रका पर्साले जनाएको छ । 

तामझामका साथ भगवान शिवको जन्ती यात्रा

Image
वीरगंज, २५ फागुन । मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएकोछ । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो । मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरिएका थिए रौतहटको मौलापुर नगरपालिकामा भगवान शिवको बारात यात्रा निकालिएको छ । भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको शुभारम्भ गर्न तामझामका साथ भगवान शिवको बारात (जन्ती) यात्रा निकालिएको हो । मौलापुर नगरपालिका–२, चिरचिरियाबाट निस्केको बारात यात्रा मौलापुर नगरपालिका– ५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको हो । बारात यात्रा संगै मधानी महायज्ञ २०८० को शुभारम्भ समेत भएको हो । बारात यात्राको नेतृत्व मौलापुरकी मेयर रीनाकुमारी साहले गरेकी थिइन् भने हजारौं सर्वसाधारण एवं भक्तजनको सहभागिता रहेको छ । पुरातन कालद...

महामृत्युञ्जय मन्त्र (१०८ पटक मन्त्रोच्चारण) डाउनलोड गर्नुहोस्

Image
महामृत्युञ्जय मन्त्र ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् | उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् || मन्त्रको अर्थ हामी त्रिनेत्र देवलाई पुज्दछौँ जो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्, जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ । महामृत्युञ्जय मन्त्र डाउनलोड http://cdn.isha.ws/private/maha-mrityunjaya-mantra/Maha-Mrutyunjaya-Mantra-108-cycles.mp3

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न

Image
वीरगंज, २५ फागुन । हिन्दू स्वयंसेवक सङ्घ नेपालद्वारा सञ्चालित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०८० कार्यक्रम फागुन २२ गते मङ्गलवारका दिन वीरगंजको पुरानो बसपार्कमा सम्पन्न भएको छ। मुनीलाल कर्णको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री मधेश प्रदेशका रमेश प्रसाद कुर्मी, हिन्दू स्वयंसेवक सङघ विभाग सङघ सञ्चालक बीरगञ्ज विभाग तथा पूर्व क्याम्पस प्रमुख ललन द्विवेदी प्रमुख वक्ता रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला संघ सञ्चालक पर्सा हिन्दू स्वयम् सेवक संघ तथा समाजसेवी माधव राजपाल ले मन्तव्य व्यक्त गरेका थिए । समितिका सहसंयोजक जियालाल गुप्ता, आलोक चौरसिया, बृजमोहन प्रसाद, सन्तोष सिंह, नन्दकिशोर राम, उपेन्द्र पण्डित, दुर्गा काफ्ले, सन्नी दुबे, राजेश यादव, अमलेश मिश्र, राजीव आनन्द, अनिल बर्णवाल, नवीन मिश्र, हरेन्द्रप्रसाद कुर्मी, दयाकान्त झा कमल चौलागाई, राम श्रेष्ठ, राजेन्द्रप्रसाद कोइरालालाई खाँदा ओढाएर प्रमुख अतिथिलगायतले  सम्मान गरेका थिए । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रममा सहभागी परीक्षार्थीहरुलाई ५० वटा प्रश्न दिइएको थियो जसमा परीक्षा ...

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

Image
वीरगञ्ज- नक्कली नोटसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ । नक्कली नोटसहित बारा, महागढीमाई नगरपालिका- ९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम विनय सहनीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका- ४ स्थित हरिहरपुरबाट सिम्रौनगढतर्फ आउदै गरेको बि आर ०५ जे २१८१ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा सहनीलाई पक्राउ गरिएको हो । उनको साथबाट भारतीय पाँच सयको सक्कली नोट ३ वटा, भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज २८६ वटा र नेपाली एक हजारका ८ वटा नक्कली नोटहरु वरामद गरीएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । सहनीलाई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए । 

त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सलाई

Image
काठमाडौँ, २२ फागुनः त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौ दर्शकलाई निशब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्याे । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्ड्सको जितमा माइकल लेभिटले अर्धशतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका उनले २९ बलमा तीन छक्का र छ चौकाको सहयोगमा ५४ रन बनाए । म्याक्स ओ डाउडले २३ बलमा एक छक्का र दुई चौकाको सहयोगमा २२ रन बनाए । उत्कृष्ट सुरुआत गरेको नेदरल्याण्ड्सका लागि ओपनरद्वय लेभिट र ओ डाउडले पहिलो विकेटका लागि ८३ रनका साझेदारी गरे । नवौँ ओभरमा बलिङका लागि आएका कुशल मल्लले आफ्नो पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई राहत दिलाए पनि त्यो जितका लागि पर्याप्त भएन । उनले नवौँ ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए भने सोही ओभरको पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराउँदै पवेलियन फर्काए । नेदरल्याण्ड्सले एक सय ३४...

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

Image
काठमाडौँ, २२ फागुनः त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए भने अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए । कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए । साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले खाता खोल्न सकेनन् । पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान छ/छ रन बनाए । नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।

बाराबाट २१ लाख हुन्डीको रकमसहित पाँचजना पक्राउ

Image
वीरगंज, २१ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पाँचजनालाई २१ लाख नगदसहित पक्राउ गरेको छ ।   सूचनाको आधारमा प्रहरीले शुक्रवार कलैया उप–महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पाँच लाख रकमसहित पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।   सर्राफले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सर्राफसंगै थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा बस्ने वर्ष २९ को रंजित सरार्पm, कलैया उ.म.न.पा.वडा न.७ मा बस्ने वर्ष ३१ को कलामुदिन अंसारी, महागढीमाई न.पा.वडा न.१ मा बस्ने वर्ष ३९ को मेराजुल हक अंसारी । पक्राउ परेका दुवैजना आसिफ मनि चेन्जर संचालक रहेको प्रहरीले जनाएको छ ।   यसैगरी सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छत्वा, बाराले आइतवार विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कल्याणपुर सुलिगेटबाट १६ लाख ९ हजार रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।   भ...

नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित

Image
काठमाडौँ, २१ फागुनः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक  चार प्रतिशतले वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो । आजको कारोबारमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार ७८ मा पुगेको छ । विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विभिन्न दुई सय ३७ कम्पनीका  नौ लाख ३४ हजार नौ सय १९ कित्ता शेयर रु ३७ करोड ५२ लाख नौ हजार नौ सय ७८ मूल्यमा कारोबार भएका छन् । कारोबार भएकामध्ये दुई सय ३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । ---

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

Image
२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो । त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । केहि समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् । दुबै टोलीका कप्तान र प्रशिक्षक हात मिलाएर फर्किएका छन् । खेल नहुने भएपछि दुबै टोलीका खेलाडीले ड्रेसिङ रुममा हात मिलाएका छन् । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सल...