डाटा लोड हुँदैछ...

प्रश्नपत्र लिक गरेको आरोपमा एकजना पक्राउ

वीरगंज, १६चैत । एसइईको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक विद्यार्थीलाई सिरहाबाट पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई प्रहरीले पक्राउ गरेको हो ।

गोलबजार नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट एसईई दिएकी उनको साथबाट मोबाइलका साथसाथै प्रश्नपत्र र उत्तरसमेत फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिरहाका सिडिओ बासुदेव दाहालका अनुसार प्रश्नपत्र बाहिरिएका विषयमा राष्ट्रिय परीक्षा बोर्डमा रिपोर्ट पठाइएको र माथिबाट आउने निर्देशनको आधारमा निर्णय लिइने छ ।

शुक्रवार नेपाली विषयको परीक्षा भएकोमा गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रका साथै अन्य विभिन्न केन्द्रबाट पनि प्रश्न पत्र बाहिर पुगेको थाहा भएको छ ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको बताइएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर