डाटा लोड हुँदैछ...

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

वीरगंज, १४ चैत । विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । मुद्दाको आईतवार सुनुवाई गर्दै पर्सा अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनासित धरौटी माग गर्ने आदेश दिएको थियो । आदेश अनुसार धरौटी बुझाएर बेहुलासहित पाँचै जना तारेखमा रिहा भएका हुन ।

बारा कलैया उपमहानगरपालिका–४ बस्ने उमेश साह गोढ (बेहुला) , उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँँपालिका–५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका हुन।

फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका–२४ मा आएका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बिहे नै रद्द गरेका थिए। सो क्रममा बेहुली पक्षकाहरूसंग वाद–विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने मौखिक सूचनाको आधारमा पर्सा प्रहरीले पाँचै जनालाई पक्राउ गरेको थियो।

उनीहरू बिरूद्ध बितेको चैत ९ गते जिल्ला अदालत पर्सामा बिबाह समबन्धि कसुरमा मुद्दा दर्ता भएको थियो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर