डाटा लोड हुँदैछ...

वर्षाको कारण परवानीपुर गोल्डकप स्थगित

वीरगंज, ७ चैत ।  वीरगंजमा बिहानैदेखि परेको वर्षाको कारण तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।

परवानीपुर खेल मैदानमा पानी जमेपछि दिउँसो तीन बजे देखि हुने वीरगंज युनाइटेड क्लब र वीरगंज युथ एकेडेमी बीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको शक्ति युवा क्लबले जनाएको छ ।

आज स्थगित भएको पहिलो सेमिफाइनल खेल बिहीवार अपरान्ह १२ बजे देखि हुने उनले बताए ।

यस्तै बिहिवार दिउँसो ३ बजेदेखि दोस्रो सेमिफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र बाग्मती फुटबल क्लब सर्लाही भिडने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुर्ई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने बताइएको छ ।

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर