डाटा लोड हुँदैछ...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द


काठमाडौँ, १५ चैत : नेपाल 'ए' र आयरल्यान्ड 'ए'बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।

कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल 'ए' र आयरल्यान्ड 'ए'बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

यसअघि आयरल्याण्ड 'ए'सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो । 

Comments

ताजा समाचार

गहवामाई रथ यात्राको क्रममा आधा दर्जन महिलाको गहना चोरी

कांग्रेसलाई कमजोर बनाउन एमाले सक्रिय –महर