सुनचाँदी व्यवसायी मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित
वीरगंज, ५ चैत । नेपाल सुन चाँदी व्यवसायी महासङघ मधेस प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका छन । जनकपुर स्थित सम्पन्न सङ्घको तेस्रो साधारण सभामा प्रदेश अध्यक्षमा रामजी साह निर्वाचित भएका हुन।
सम्पन्न निर्वाचन मत परिणाम अनुसार अध्यक्ष रामजी साहले ४१ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी राजेशकुमार साहले २ मत मात्र पाएका थिए ।
यसैगरी उपाध्यक्षमा भीम बहादुर विश्वकर्मा, देवकृष्ण साह, सचिवमा अनिल कुमार साह र सहसचिवमा दीपेन्द्र ठाकुरलाई साधारण सभाले निर्वाचित गरेको छ। त्यसै गरी कोषाध्यक्षमा विजय कुमार सर्राफ, सहकोषाध्यक्षमा ध्रुब विश्वकर्मा, र सदस्यहरूमा जितेन्द्र गुप्ता, मनोज विश्वकर्मा, अनिल गुप्ता निर्वाचित भएको प्रदेश अध्यक्ष रामजी साहले जानकारी दिएका छन।
कार्यक्रममा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डल, नेकपा एमाले प्रदेस अध्यक्ष चन्देशवर मण्डल, महासंघ उपाध्यक्ष भरत अग्रवाललगायतको सहभागिता थियो ।

Comments
Post a Comment