Posts

Showing posts from November, 2022
डाटा लोड हुँदैछ...

पत्रकार नरेश सर्राफको निधन

वीरगन्ज, १५ मंसिर । वीरगन्जका पत्रकार नरेश सर्राफको निधन भएको छ । नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो । अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको हो । उहाँको मृत्यु हृद्यघातको कारणले भएको हुन सक्ने चिकित्सकले अनुमान गरेको छ । सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहनुभएका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले पत्रकारिता जगतमै शोक छाएको छ । उहाँको निधनको खबर पाएपछि वीरगन्जका पत्रकारहरु सबै जना नारायणी अस्पतालमा पुगेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायत सम्पूर्ण पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् । The post पत्रकार नरेश सर्राफको निधन appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

ट्रकको ठक्करबाट राउतको मृत्यु

वीरगंज, १४ मसिर । वीरगंज महानगरपालिका वडा नं. २४ निवासी ५० वर्षीय रुप राउतलाई ट्रकले ठक्कर दिंदा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ । ना.३ ख ६०७५ नम्बरको ट्रक वीरगंजको सुक्खा बन्दरगाहबाट सामान लिएर निस्किने क्रममा राउतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । राउतको मृत्यु भएपछि परिवारजनले बाटो अवरुद्ध गरेका थिए । पछि प्रहरीले सम्झाएर बाटो सुचारु गरेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मधेस प्रदेश सरकारमा जनमत पार्टीको दाबी

जनकपुर,१४ मंसिर । मधेस प्रदेशमा सरकारमा दलहरूले आ-आफ्नो दाबी अनौपचारिक रुपमा प्रस्तुत गर्न थालेका छन् । मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल एमाले भएको छ भने दोस्रोमा कांग्रेस छ । त्यसपछि जसपा, लोसपा, जनमत, माओवादी र नेकपा एकीकृत समाजवादी छन् । एमालेले १५, कांग्रेसले १३, जसपाले नौ, लोसपाले सात, जनमतले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले चार– चार सिट जितेका छन् भने स्वतन्त्रले ६ वटा सिट जितेका छन् । मधेस प्रदेशमा जसले सरकार बनाए पनि जनमत पार्टीको आवश्यकता पर्नेछ । जनमतले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने गरी छलफल अगाडि बढाएको सो पार्टीका नेताहरूले बताएका छन् । ‘अब की बार सीके सरकार’ को नारा दिएर चुनाव जितेको जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व आफैले गर्नेगरी अनौपचारिक छलफल अघि बढाएको छ । सरकारको नेतृत्व गर्न नपाए जनतासँग गरिएको प्रतिवद्धता पूरा गराउन गाह्रो हुने भन्दै जनमत पार्टीका नेताहरूले सरकारको नेतृत्व गर्ने गरी दलहरूसँग छलफल सुरु गरेका हुन् । सो पार्टीका महासचिव चन्दन सिंहले मधेस प्रदेशमा आफूहरूले सरकारको दाबी गर्ने र त्यसका लागि दलहरूको बीचमा छलफल सुरु भएको ब...

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने युवक पक्राउ

काठमाडौं,१४ मंसिर । अर्काको नाममा सवारी चालक अनुमतिपत्र दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको दक्षिणढोकास्थित परक्षिा केन्द्रबाट धनुषाको जनकपुर उपमहानगरपालिका–१५ घर भएका २६ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । आरोपी बर्दियाका सुर्यपुरा–७ घर भएर ललितपुर बस्ने विक्रम सारुको नाममा लिखित परीक्षा दिन परीक्षा केन्द्रमा गएका हुन् । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा बुझाएको एसएसपी भट्टले बताए । The post अर्काको नाममा लाइसेन्सको परीक्षा दिने युवक पक्राउ appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

टयाक्टरको ठक्करबाट चटपटे बिक्रेताको मृत्यु

Image
वीरगंज, १४ मंसिर । टयाक्टरको ठक्करबाट एकजना चटपटे बिक्रेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   रामनगरीबाट महुवनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले मङ्गलवार राति ८ः४० बजे प्रसौनी गाउँपालिका वडा नं. ५ टाली चोकमा  ठेलामा चटपटे बिक्री गर्ने एकजना व्यक्तिलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी बस्ने वर्ष ४५ चटपटे बिक्रेता तपसी साह कानुलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।   घटनापछि इप्रका पोखरियाका प्रहरी निरीक्षक आयुश जोशीले फरार टयाक्टर चालकको खोजतलास गर्ने क्रममा अल्फावेट मेटिएको अवस्थामा २८५८ नम्बरको ट्याक्टर बरामद गरेको जिप्रका, पर्साले जनाएको छ ।  

१६१ स्थानको नतिजा आउँदा कुन दलले कति सिट जिते ? (नामसहित)

काठमाडौं,१४ मंसिर – मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक हुँदा सबैभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ । अघिलले निर्वाचन ०७४ मा पहिलो दल बनेको नेकपा एमाले ४४ सिट जित्दै कांग्रेसलाई पछ्याइरहेको छ । त्यसैगरि माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० स्जित निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७(७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन । दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ । गणना भइरहेको एकमात्र क्षेत्र सुनसरी ४ मा कांग्रेसको अग्रता रहेको छ । कसले कहाँ जिते ? नेपाली कांग्रेस (१) मुस्ताङ – योगेश शेरचन (२) मनाङ – टेकबहादुर गुरुङ (३) काठमाडौं १ – प्रकाशमान सिंह (४) काठमाडौं ३ ...

एकै मण्डपमा २६ जोडीको सामुहिक विवाह

Image
जनकपुरधाम, मंसिर १४ । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।विवाह पञ्चमीमा भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।   यस्ले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ । The post एकै मण्डपमा २६ जोडीको सामुहिक विवा...

चुनाव जिते लगत्तै चौरसियाको पहिलो ध्यान किसान माथि : मलको आपूर्ति सहज बनाउन निर्देशन

Image
मधेसखबर वीरगन्ज,१३ मंसिर : पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पहलकदमी लिएका छन् । निर्वाचित भएपछि आफनो क्षेत्रका मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो गर्ने क्रममा चौरसियालाई किसानले गँहु र दलहन बालीका लागि मलको अभाव भएको भन्दै गुनासो गरेका थिए । किसानको उक्त गुनासो सम्बोधनका लागि मङगलबार बिहान नवनिर्वाचित प्रतिनिधीसभा सदस्य चौरसियाले प्रमुख जिल्ला अधिकारी र जिल्लामा मल आपुर्ति गर्ने सरोकारवाला निकायका प्रमुखहरुसंग छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलमा पर्सा २ (क) र (ख) का नवनिर्वाचित प्रदेश सभा सदस्यद्वय श्याम पटेल र रमेश कुर्मीको पनि सहभागीता थियो । छलफलमा चौरसियाले अहिले गँहु र दलहन बालीको सिजनमा डिएपि मल नपाएर किसानहरु तनावमा रहेकाले मलको सहज आपुर्तिको व्यवस्थापन मिलाउन प्रजिअ उमेश ढकालका साथै सरोकारवाला निकायका प्रमुखहरुलाइ निर्देशन दिए । नेपाल सरकारले अनुदानमा आयात गरेको मल , जिल्लामा कृषि सामाग्री कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्था मार्फत आपुर्ति गर...

कर्णालीमा एमाले : प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो दल

काठमाडौं,१३ मंसिर –  कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य बनेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनमा प्रदेशका ६ क्षेत्रमा जित निकालेर पहिलो दल बनेको एमालेले यसपटकको निर्वाचनमा सबै सिट गुमाएको हो । खसेको ६ लाख २० हजार ९२३ मत मध्ये ५ लाख ७४ हजार ६६ मत सदर भएको छ । जम्मा सदर मतमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरि पहिलो दल बन्दा नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ । नेकपा माओवादीले १ एक ३७ हजार ६ सय २९ मत ल्याई तेस्रो दल बनेको छ । मधेश प्रदेशमा उल्लेख्य प्रगति गरेको एमाले यसपटकको निर्वाचनमा कर्णालीबाट बढारिएको हो । यस्तै, एकीकृत समाजवादी ३५ हजार ८ सय २६ र राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । यो मत परिणाम अनुसार समानुपातिकतर्फका १६ सिटमा एमाले ५, कांग्रेस ५, माओवादी ४, समाजवादी १ र राप्रपाले १ सिट पाउने देखिन्छ । The post कर्णालीमा एमाले : प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो दल appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेलहरु हुने

Image
मधेसखबर वीरगन्ज ,१३ मंसिर:कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज मंगलबार देखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ । पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् । आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् । समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् । नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा छ । दुवैले यस विश्वक...

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

Image
मधेसखबर वीरगन्ज, १२ मंसिर : वीरगन्ज स्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापना यता ३ सय ९५ जनालाई सेवा प्रदान गरेको छ । २०७८ साल पुसमा नारायणी अस्पतालमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३ सय ९५ जनालाई सेवा प्रदान गरेको हो । जर्बजस्ती करणीमा परेका ९७ जना, शारीरिक हिंसामा परेका २७९ जना, मानसिक दुर्व्यवहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिइएको केन्द्रकी इन्चार्ज अहेमा थापाले जानकारी दिइन् ।सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै ३ सय ६० जना महिला रहेको उनको भनाइ छ । त्यस्तै केन्द्रले १९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको उनले बताइन् । साभार : अनलाइनखबर The post नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए appeared first on Madhes Khabar .

प्रतिनिधिसभामा १५८ सिटको टुंगो लाग्यो, कसले कति जिते ? (नामसहित)

काठमाडौं,१२ मंसिर – मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ मध्ये हालसम्म १ सय ५८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमो छ । नेकपा एमालेले ४२ क्षेत्र जित्दै कांग्रेसलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७–७ क्षेत्रमा जित निकालेको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी १ र राष्ट्रिय जनमोर्चाले एक एक सिटमा जित निकाल्दा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । क–कस्ले जिते ? कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादु देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शंकर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् । साथै, कांग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, वि...

दोलखाका विवादीत मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान हुने

Image
मधेसखबर वीरगन्ज,१२ मंसिर : दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए । यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्य...

प्रतिनिधिसभामा निर्वाचित रमेश रिजाललाई लड्डुमा जोखेर र चाँदी मुकुट लगाएर स्वागत

Image
वीरगंज, १२ मंसिर । ७० किलो लड्डु तराजूको एकातिर र अर्कोतिर पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई राखेर उनका मतदाता, समर्थक, नेता, कार्यकर्ताहरुले सम्मान दर्शाएका छन् ।   पर्सा  ४ नं क्षेत्रको छिपहरमाई गापा वडा न ५ भिस्वामा नवीन सिंहको नेतृत्वमा कार्यकर्ताहरूले निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश रिजाललाइ लड्डुले तराजूमा जोखेर सम्मान गरेका छन् ।   यसैगरी जयमङ्गलापुर, बुड्गाही, झलमैयाका, टिवकी, चरगाहा, मिर्जापुरमा नागरिक समाज  विजयोत्सव गरिएको थियो । सहभागीहरुले नेपाली कांग्रेसका विजयी उम्मेदवार रमेश रिजाललाई भब्य स्वागत  गरेका थिए ।   नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश रिजाललाई स्थानीयबासिन्दाले माला लगाएर स्वागत गरेका थिए । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जनताको घरदैंलोमा गएका उनीहरूलाई छिपहरमाई गाउँपालिका वडा नम्बर ३ को जयमंगलापुर बासिन्दाले चाँदीको मुकुट लगाइदिएका थिए । गत ४ मंसिरमा मा भएको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार रिजाल, पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा  निर्वाच...

३० किलो गाँजा छाडेर सातजना तस्कर फरार

Image
अजय यादव कलैया, बारा ११ मंसिर । शनिवार दिउँसो बाराको सुवर्णपुर गाउँपालिका–२ कबहीगोठ नजीकैबाट सशस्त्र प्रहरीले ३० किलो गाँजा बरामद गरेको छ । बिओपी कबहीगोठ बाराका सशस्त्र प्रहरी निरीक्ष्Fक नवीन देउजाको कमाण्डमा खटिएको टोलीलाई देखेपछि सातजना गाँजा तस्कर गाँजाको दुईवटा प्याकेट छाडेर फरार भएका थिए । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय, बारालाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ । 

वीरगंजमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, अर्कोको अवस्था गम्भीर

Image
वीरगंज, ११ मंसिर । वीरगंज महानगरपालिकाको नर्सिह विद्यालयनजीकै मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने एक जनाको अवस्था पनि गम्भीर रहेको छ । शनिवार राति  ९ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ नर्सिङ माध्यमिक विद्यालय स्थित मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफैमा अनियन्त्रित भई दुर्घटना हुँदा  वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने वर्ष १९ को साहिल हवारी र वर्ष २० को सरताज अंसारी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये साहिलको वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै सरताजको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत

Image
मधेसखबर वीरगन्ज, ११ मंसिर : बारा क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्ण कुमार श्रेष्ठ र प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयले १५१ किलोको माला लगाएर स्वागत गरेका छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन पुगेका विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधीसभा सदस्य श्रेष्ठ र प्रतिनिधीसभा सदस्य सोनललाइ १५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार श्रेष्ठ , बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४(ख) बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् । The post बारामा श्रेष्ठ र सोनललाई १५१ किलोको माला लगाएर स्वागत appeared first on Madhes Khabar .

प्रतिनिधिसभामा निर्वाचित १५५ नेता (सूचीसहित)

काठमाडौं,११ मंसिर – ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आउनेक्रम जारी छ । हालसम्म १ सय ५५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । उसले ५२ सिट जित्दै पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले ४१ निर्वाचन क्षेत्रमा जित निकाल्दै कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादी १० स्थानमा जित निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसाज पार्टी १, जनमत पार्टी १, स्वतन्त्रले ५ क्षेत्रमा जित निकालेका छन् । यी हुन् निर्वाचित भएका नेताहरु : नेपाली कांग्रेस १. मुस्ताङ– योगेश शेरचन २. मनाङ– टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा– मोहन आचार्य ८. ललितपुर १– उदय शमशेर जबरा ९. तनहुँ २ – शंकर भण्डारी १०. डडेल्धुरा– शेरबहादुर देउवा ११. काठमाडौं १० – राजेन्द्रकुमा...

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

Image
मधेसखबर वीरगन्ज,११ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल जापान र कोस्टारिका बिच नेपाली समय अनुसार अपरान्ह ४ बजे देखि शुरु हुनेछ । आजको दोश्रो खेल बेलुकी पौने ७ बजे बेल्जियम र मोरक्को बिच हुनेछ । तेश्रो खेल राति पौने १० बजे क्रोयसिया र क्यानाडा बिच हुनेछ । आजको अन्तिम खेल राति पौने १ बजे स्पेन र जर्मनी बिच हुनेछ ।   The post विश्वकप फुटबलमा आज पनि चार खेल हुदै appeared first on Madhes Khabar .

वीरगंजमा मैत्री क्रिकेट प्रतियोगिता शुरु

Image
वीरगंज, ११ मंसिर । नव जनकल्याण  युवा संजाल छपकैया, वीरगंज–३ ले मैत्री क्रिकेट प्रतियोगिता शुरु गरेको छ । शनिवारदेखि शुरु भएको सो प्रतियोगिता १७ गतेसम्म सञ्चालन रहने आयोजकले जनाएको छ । क्रिकेट प्रतियोगितामा राधेमाई क्रिकेट क्लब, मुर्ली डिभाइन विज्डम, वीरगंज लाइफ इन्स्योरेन्स कम्पनी, छपकैया–३ टीम, सेभेन स्टार टीम प्रगतिनगर, अशोकवाटिका राहुन–११, घर आँगन बचत तथा सहकारी संस्था, घडीअर्वा–१० टीम, ग्यालेक्सी सेकेन्ड्री स्कूल, त्रिजुद्ध +२ टीम छपकैया, प्रगतिनगरको राजीव–११, एक्सपर्ट कन्सलटेन्सी सहभागी छन् । प्रतियोगिताको प्रायोजकमा क्वेष्ट फार्मेसी एक्सपर्ट कन्सलटेन्सी एन्ड रिसा सर्भिस रहेको जनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ३ का अध्यक्ष्F बैजुलाल स्वर्णकार, जनकल्याण संजालका अध्यक्ष्F महम्मद सगीर अलि, वीरेन्द्र साह हिटलर, किरण सत्याल, सन्नी महतो, कलाम ठकुराई, हरिशंकर यादव, दिलखुस देवान, अमित सिंह राजपूत, विक्की राज पटेललगायतको सहभागिता थियो। प्रतियोगितामा विजेता टीमलाई ५० हजार र उपविजेता टीमलाई २० हजार नगदसहित प्रमाणपत्र, मेडल, शिल्डसहित पुरस्कृत गरिने आयोजकले...

सबै भन्दा कान्छो उमेरकी सांसद सोविता गौतम

बीरगन्ज,१० मंसिर – सबैभन्दा कान्छो उमेरकी सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया हुन् । गौतम काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएकी हुन् । यस्तै मुस्ताङ निर्वाचन क्षेत्र नं १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् । प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् । एमाले र रास्वपाका दुईरदुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा सोविता गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका छन्। सबै भन्दा बढीका उमेर लोसपाका नेता महन्त ठाकर र जनमोर्चाका नेता चित्रबहादु केसीकाे रहेकाे छ । उनीहरू दुबै जनाको उमेर ८० बर्ष छ । The post सबै भन्दा कान्छो उमेरकी सांसद सोविता गौतम appeared first on Nepal Post Daily . credit: Nepalpostdai...

ठोरीको प्रहरी कार्यालय भवन जीर्ण हुदा सुरक्षाकर्मीलाई सास्ती

Image
वीरगन्ज, १० मंसिर : नियमित मर्मतसम्भार नहुँदा पर्साको ठोरीस्थित इलाका प्रहरी कार्यालयको भवन जीर्ण बनेको छ । ठोरी गाउँपालिका–२ मा ५ बिघा ७ कट्ठा ८ धुर क्षेत्रफलमा फैलिएको इलाका प्रहरी कार्यालय परिसर तथा यसको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य छन् । हाल इप्रका ठोरीको कार्यालयमा ५ कोठे पुरानो कच्ची भवन, मेस र गोलघर छ । सबै भवन मक्किएर जीर्ण भइसकेका छन्  । कार्यालय प्रमुखलगायत कर्मचारीको क्वार्टर भवनसमेत जीर्ण छ । वर्षायाममा चुहिने र सर्पको बिगबिगीसमेत हुँदा सुरक्षाकर्मी राम्रोसँग सुत्न पाउँदैनन् । ‘पुरानो कच्ची भवनको छानो हावाहुरीले उडाउने र मक्किएको भवन लड्नेसमेत भयले वर्षायाममा ढुक्कसँग बस्न सक्दैनौं,’ एक प्रहरी अधिकृतले भने, ‘कतिबेला भवन लडेर थिच्ने हो त्रास भइरहन्छ ।’ हाल कार्यालयमा २१ जना प्रहरी कार्यरत छन्  । ठूलो क्षेत्रफलमा फैलिएको तथा वनजंगलसँग जोडिएको कार्यालय परिसरमा बाउन्ड्री वालसमेत नरहेकाले वन्यजन्तुबाट आक्रमणको भयसमेत रहने गरेको ती प्रहरी अधिकारीले बताए । स्थानीय शिक्षक चिरन्जीवी सापकोटा शान्ति सुरक्षाको जिम्मेवारी वहन गरिरहेका सुरक्षाकर्मी ...

१६ क्षेत्रमा मात्र नतिजा आउन बाँकी रहदा सम्म कसले कति जिते ?

काठमाडौं,४ मंसिर गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम अवस्था पुगेको छ । सम्भवतः निर्वाचन सम्पन्न क्षेत्रको परिणाम शनिबार दिनभरमा आइसक्नेछ । शनिबार बिहान १० बजेसम्ममा १६५ मध्ये १४६ केन्द्रको मतपरिणाम आइसकेको छ । बाँकी १६ क्षेत्रमा गणना जारी छ । तीन क्षेत्रमा भने मतगणना हुन सकेको छैन । हालसम्म नतिजा सार्वजनिक भएको १४६ मा नेपाली कांग्रेस ४९ सीटमा विजयी हासिल गर्दै प्रथम स्थानमा छन् । अहिले कांग्रेसले पाँच क्षेत्रमा अग्रता कायम राखेको छ । त्यस्तै, नेकपा एमालले हालसम्म ३८ सीटमा विजयी हासिल गर्दै दोस्रो स्थानमा छन् । एमाले अहिले ६ स्थानमा अगाडि छ । यस्तै, नेकपा माओवादीदले १६ क्षेत्रमा विजयी हुँदै तेस्रो र नेकपा एकीकृच समाजवादी १० सीटसहित चौथौ स्थानमा छ । माओवादी अहिले २ स्थानमा अगाडि छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ६, जसपा ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १ र जनमत पार्टीले १ क्षेत्रमा जित हासिल गरेका छन् । अन्य दल तथा स्वतन्त्रले ६ सीटमा जित हासिल गरेका छन् । मतपरिणाम आउन बाँकी १६ स्थानमध्ये दोलखा, स्या...

महाेत्तरी ४ मा जसपाका सुरेन्द्रलाई हराउदै काँग्रेसका महेन्द्र विजयी

Image
मधेसखबर वीरगन्ज ,१० मंसिर : नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र कुमार राय, महोत्तरी क्षेत्र नंवर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । सतारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्र कुमार यादवलाई ४ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार काँग्रेसका रायले २५ हजार ४२० मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका जसपाका यादवले २१ हजार २९६ मत ल्याएका छन् । राय र यादव बीचको मतान्तर चार हजार १ सय २४ रहेको छ । त्यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत प्राप्त गरेका छन् । The post महाेत्तरी ४ मा जसपाका सुरेन्द्रलाई हराउदै काँग्रेसका महेन्द्र विजयी appeared first on Madhes Khabar .

७० करोड घुसको आरोपलाई जनताले खारेज गरेको बास्कोटाको भनाई

काठमाडौं,९ मंसिर – एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै वास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् । काभ्रे २ बाट निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताए । ‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने । The post ७० करोड घुसको आरोपलाई जनताले खारेज गरेको बास्कोटाको भनाई appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

धनुषा-३ मा एमालेकी जुली निर्वाचित

जनकपुरधाम, ९ मंसिर ।  धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै जुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।   The post धनुषा-३ मा एमालेकी जुली निर्वाचित appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

पहिलो प्रयासमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यी हुन् संसद प्रवेशको टिकट पाएका ७ उम्मेदवार

पहिलो प्रयासमै राष्ट्रिय स्वतन्त्र पार्टीका ७ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देशभरबाट राम्रो मत पाएको सो पार्टी प्रत्यक्षमा काठमाडौंसहित चितवन र ललितपुरमा विजयी भएको हो । सो पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट ४९ हजार २६४ मतका साथ विजयी भए । यस्तै चितवन २ बाट हरि ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा ललितपुर ३ बाट डा तोसिमा कार्की ३१ हजार १३६ मतका साथ विजयी भइन् । यसैगरी काठमाडौं २ बाट सोविता गौतम १५ हजार २३८ मतका साथ विजयी हुँदा काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मतका साथ विजयी भए । यस्तै काठमाडौं ८ बाट विराज भक्त श्रेष्ठ १ हजार ११२ मतका साथ जियी भए भने ७ बाट गणेश पराजुली विजयी भए । पराजुलीले ८ हजार ७४३ मत पाएर विजय हासिल गरेका हुन् । यस्तै सोही पार्टीकी गोमा तामाङले सुनसरी १ बाट अग्रता कायम गरेकी छन् । The post पहिलो प्रयासमै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, यी हुन् संसद प्रवेशको टिकट पाएका ७ उम्मेदवार appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली

Image
मधेसखबर वीरगन्ज ,०९ मंसिर : लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार वीरगन्जमा विभिन्न संघसंस्थाकाे आयाेजनामा -याली निकालिएको छ । सभ्य समाजको पहिचान, लैङ्गीक हिंसा विरुद्धको अभिया भन्ने मूल नाराका साथ सन्देशमुलक -याली निकालिएकाे हाे । वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा निकालिएको  -याली नगर परिक्रमा गरि घन्टाघर चाेकमा पुगेर कोणसभामा परिणत भएको थियो । वीरगन्ज महानगरपालिकाद्वारा आयोजित -यालीमा जिल्ला प्रहरी कार्यालय र विभिन्न समाजिक संघसंस्था ,अस्पतालमा आधारित एक्द्वार संकट व्यवस्थापन केन्द्र पर्सा, दिब्य युवा क्लब ,माइती नेपाल ,आफन्त नेपाल सानो पाइला,आवर सन्सार,आसमान नेपाल, ब्लु डायमण्ड साेसाइटी , सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया ,बिर्ता ,कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र ,मिना बजार लगायतकाे सहभागीता रहेको थियोे । The post लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : वीरगन्जमा सन्देशमुलक -याली appeared first on Madhes Khabar .

unicode to preeti text converter-2022

preeti-to-unicode-auto-2022

unicode to preeti & preeti to unicode converter

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । The post ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो appeared first on Nepal Post Daily . credit: Nepalpostdaily

बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी

Image
मधेसखबर वीरगन्ज ,०८ मंसिर :बारा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार पुनः निर्वाचित भएका छन्। कलवारले ९ हजार २९५ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार बलबिर चौधरीले ६ हजार ८६७ मत पाए । २००७४ काे निर्वाचनमा कलवार जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । The post बारामा स्वतन्त्र उम्मेदवार कलवार विजयी appeared first on Madhes Khabar .

Birgunj's Doctors Mobile No.

Image

बारामा तीनजना उम्मेदवारहरु विजयी, अन्यको गणना जारी

Image
  बारा ७ मंसिर । बारा–४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारूढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्पmबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए । बारा क्षेत्र न.४ (ख) बाट लोसपाका उम्रुमेदवार जितेन्द्र सोनल प्रदेशसभामा निर्वाचित भएका छन् । सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत पाउँदा उनका निकटमप्रति द्वन्दी जसपा एमाले गठबन्धन बाट उम्मेदवार जसपाका नेता आत्माराम साहले ७ हजार ६०९ मत पाए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुश्वाहाले ६ हजार ४८० मत पाएका हुन् । यसैगरी बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन् । चौधरीले १३ हजार ६...

पर्सामा विजयी अनुहारहरु हेर्नुहोस्

Image
वीरगंज, ७ मंसिर । पर्सामा विजयी भएका उम्मेदवारहरु यतिबेला खुशीयाली साटासाट गर्न व्यस्त भएका छन्।   पर्सा क्षेत्र नम्बर १ मा दोश्रो पटक जित हात पार्दै प्रदीप यादवले विजयी भएका छन्।  जसपा–एमाले गठबन्धनबाट जसपाका उम्मेदवार यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । काङग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । सत्तागठबन्धनका उम्मेदवार हुदाका बाबजुद पनि कर्णले १ हजार १ सय १७ मत मात्रै प्राप्त गरि चौथो स्थानमा सिमित हुन पुगेका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५९ मत पाएका पाएका छन् । २०४८ देखि २०७४ सम्म भएका ६ वटा निर्वाचनमा कसैले पनि दोहोर्याएर जित हात पार्न नसकेको पर्सा क्षेत्र नम्बर १ मा यादव भने लगातार दोश्रो पटक ज...

पर्साः प्रदेशसभामा कांग्रेसका क्षत्री र स्वतन्त्र उम्मेदवार जयसवाल विजयी

Image
वीरगंज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवालले नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) लाई पराजित गरेका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत पाउँदा अब्दुलले ५ हजार ९ सय ३०  मत पाए । कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन् । क्षेत्री नेपाली काङग्रेस पर्साका सभापति हुन् । क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन् । टिकटका लागि पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए । ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए । प्रल्हाद ६३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६२५० मत सहित दोस्रो स्थानमा थिए । निवर्तमान प्रदेशसभा सदस्य प्रल्हाद लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै टिकटका लागि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

पर्सामा चारजना उम्मेदवार निर्वाचित

Image
वीरगंज, ७ मंसिर । लोसपाका रमेश कुर्मी प्रदेशसभा सदस्यमा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीले पर्सामा खाता खोलेको छ। पर्सा २ (ख) बाट नेता रमेशप्रसाद कुर्मी प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन। निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहभन्दा २ हजार ६३७ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन। रमेशले ९४७१ मत पाउँदा रूपेशले ६ हजार ८३४ मत ल्याएका छन। रमेशलाई बाम लोकतान्त्रिक गठबन्धनको साथ थियो। एमाले जसपा गठबन्धनका हरेराम प्रसादले ३ हजार ७९० मत ल्याएर तेस्रो भएका छन। मुख्यमन्त्री लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुर्ई सय १२ मत पाए। पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी ...

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

Image
वीरगंज, ६ मंसिर । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् । रिजालले एमालेका जालिम मियाँँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् । रिजालले ३१ हजार १ सय ४२ मत पाउँदा मियाँँले २५ हजार ६ सय १९ मत ल्याए । जनमतका अजयकुमार यादव ७०९ र राप्रपाका अवधेशप्रसाद गौरो ६१३ मत पाएका छन् ।

पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

Image
वीरगंज, ६ मङ्सिर/ पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा  नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।   पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छ भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गर्नुभयो । 

नेकाका रिजालले जालीमलाई पछाडि पार्दै

Image
वीरगंज, ५ मंसिर । पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काङग्रेसका उम्मेदवार रमेश रिजालले जालीम मियाँलाई पछाडि पारेका छन् । पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले ९३३२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार जालिम मियाँँले ८२२० मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार हेतुना मियाँँ मन्सुरी तेश्रो स्थानमा छन् । पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतवार भएको निर्वाचनमा ६२ हजार ९२ मत खसेको थियो ।

पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रको मत परिणामको ४ बजेको अपडेट

Image
वीरगंज, ५ मंसिर/ ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज र पोखरियास्थित जिल्ला उच्चांगल रामदेव कलवार मावि मतगणना स्थलमा पर्साको चारवटै निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । सर्वदलीय बैठकले चारवटै निर्वाचन क्षेत्रमा मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी गराए । पछिल्लो विवरण पर्सा २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँगेसका श्याम पटेलले अग्रता लिएका छन् भने उनलाई जसपाका रामनरेश यादवले पछ्याइरहेका छन् । प्रतिनिधि सभातर्फ पर्सा १ मा जसपाका प्रदिप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबीच प्रतिस्पर्धा भइरहेको छ । पर्सा क्षेत्र नं २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र काङग्रेसका अजयकुमार चौरसिया,राप्रपाका नरेशकुमार साहबीच मतान्तर देखिएको छ । क्षेत्र नं. ३ मा एमालेका राजकुमार गुप्तालाई कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले पछ्याइरहेका छन् भने क्ष्Fेत्र नं. ४ मा काङग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँँ वीच कडा प्रतिस्पर्धा देखिएको छ । 

पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

Image
पर्सा, ५ मङ्सिर   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।   पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा '१' का लागि वीरगञ्ज महनागरपालिकाको–१६ को नगवा र  '२' का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो । त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको '१' का लागि पर्सागढी नगरपालिका–१ र २ को मतगणना भइरहेको छ भने '२' का लागि बहुदरमाई नगरपालिका–२ को मत गन्ती भइरहेको छ । ठाकुराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।  उहाँले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना ...

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

Image
जनकपुरधाम, ५ मङ्सिर (रासस) ः धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहनुभएको छ । प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गर्नुभएको छ । धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भए पनि अरु तीन क्षेत्रमा दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ । क्षेत्र नं १, २ र ४ मा सर्वदलीय बैठक सम्पन्न भई २ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको प्रम...

देवताल गाउँपालिका -७ पिपरपातीमा कर्मचारीले अानाकानीमा नै गराए मतदान

Image
श्री गढीमाई संवाददाता कलैया ,बारा । बाराको देवताल गाउँपालिका वडा नम्बर -७ पिपरपाती वडा कार्यालयमा भएको मतदान केन्द्रमा केही अनियमितताभएको समाचार बाहिर अाएको भएपनि यस बिषयमा करारका ईन्जिनियर रहेका हाल सोही मतदान केन्द्रका मतदान अधिकृत अमित कुमार यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई प्रतिक्रिया दिन्न मानेका छैन ।पत्रकारलाई जे मन लाग्छ लेख्नु तर हामीले तपाईलाई केही जानकारी दिन नसक्ने भनेपछि श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले खोज्दै अाफूले केही नभन्ने भनेपछि अांशका उत्पन्न भएको छ ।बाँकी अन्य कर्मचारीहरुले पनि मतदानको बारेमा केही दिन मानेका छैन ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभूत विधालय मौवाही मतदान केन्द्रमा असई अरुणकुमार महतोले पत्रकार र पर्यवेक्षकलाई जान्नबाट लगाए रोक ,मधेस प्रदेशकै सभामुखको क्षेत्रमा धाँधली भएको अांशका

Image
अजय यादव वियोगी कलैया ,बारा । बाराको निर्वाचन क्षेत्रमा -१ मा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई खुबै महत्त्वको साथ हेरिएको थियो ।तर प्रहरी प्रशासनले तदारुकता देखाएपनि भित्रभत्रै चलखेल भएको कुरा बाहिर अाएको छ।बारामा ४ वटा निर्वाचन क्षेत्र भएपनि सबैभन्दा पुर्वी भेगमा पर्ने क्षेत्र नम्बर -१ मा धेरै जनाको चाँसो बिषय बनेको भएपनि अहिले ढुक्क हुने स्थिति नभएको मतदाताहरुले बताएका छन्।बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको श्री नेपाल राष्ट्रिय अाधारभुत विधालय मौवाही मतदान केन्द्रमा नेपाल प्रहरीमा कार्यरत असई अरुणकुमार महतोले मतदान केन्द्रमा पत्रकार र पर्यवेक्षक जान्नबाट रोक लगाउँदै माथिको अादेश भन्दै गेट भित्रबाट पनि कसैलाई जान्न मान्ने थिएनन् ।असई महतोले पत्रकार र पर्यवेक्षक जे भएपनि भित्र जान्न नपाउने र माथि अादेश भएको भन्दै मतदान स्थलमा खटिरहेका भएपनि मतदाता बाहेक कसैलाई भित्र छिर्न मनाही भएको बताएका छन् ।मतदान सुरु भए लगत्तै मौवाही केन्द्रमा चलखेल सुरु भएको सुचना प्राप्त हुन साथ श्री गढीमाई राष्ट्रिय दैनिकका सिम्रौनगढ संवाददाता कृष्णा गुप्ता यो बिषयमा बुझ्न जाँदा असई अरुणकुमार...